दियो खबर संवाददाता कालिकोट । हिमालयन सामुदायिक स्रोत केन्द्र कालिकोटका अध्यक्ष ,पुर्व गैरसरकारी महासंघ कालिकोटका अध्यक्ष ,पुर्व गैरसरकारी महासंघ नेपालका केन्द्रीय सदस्य सामाजिक अभियान्ता कर्ण प्रसाद चाैलागाई मानवअधिकार तथा सामाजिक अभियान नेपालकाे केन्द्रीय सदस्य हुनु भएकाे छ। उहाँ साविकको सुक्काटीया गा.वि.स. वडा नम्बर २ हाल शुभकालिका गाउँपालिका वडा नम्बर ४ मा मिति २०३३ साल ०९/२४जन्मेका कर्ण प्रसाद चाैलागाई आफ्नो बाल्यकाल देखिनै समाजमा भएका विकृति विसंगतिलाई चिर्फार गर्न र यसका विरुद्ध अभियान चलाउने गरेका थिए।उहाँ गाउँको महादेव उच्चमावि राराकाटीया मा एस.एल.सी उत्तीर्ण गरे १० +२ पनि महादेव उच्चमावि राराकाटीमा उत्तीर्ण गरेका हुन स्नातक र स्नातकोत्तर भने कालिकोट जिल्ला मा नभए पछि जिल्ला बाहिर अध्यायन गर्न गएको बताए । महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज स्नातक र स्नातकोत्तर अध्यायन गरेका चाैलागाई अलि पनि समाज सेवामा नै अग्रसर देखिन्छन्।
मानवअधिकार तथा सामाजिक अभियान नेपालकाे केन्द्रीय सदस्यमा-चाैलागाई
तपाईको प्रतिक्रिया
दियो खबर । १९ आश्विन २०७७, सोमबार १६:२९