न बस्नलाई घर न उब्जाउन जमिन भो ।
एकाबिहानै आमाको मुहार मलिन भो ।
कसरी सुनाउँ पीडा मुटु छोडेर जानेलाई,
मेरो निस्चल प्रेम निर्दयिलाई एक्छिन भो ।
उ मरि र आफ्नो स्वास लिएर गइ निस्ठुरी,
म बस्ने त्यो दिल आज कसको अधीन भो ।
जुन छोरोलाइ ताते ताते गर्दै बोल्न सिकाइन,
आज त्यही छोराको वचन किन सङ्गिन भो ?
समय! मृत्यु भन्दा ठूलो उपहार के दिन्छस?
यो जिन्दगी बोझ भो तिर्नै नसकिने ऋण भो ।
फेरि त्यो स्कुलको झोला बोकाइदिनुस्न आमा,
यो जिन्दगिको बोझ उठाउन निकै कठिन भो ।
दियो खबर । १९ आश्विन २०७७, सोमबार १०:५२