गजल-विमला “विकिरण

उसको दिल ठुलो देखेर,रंगशाला बनाईएको छ
यता मेरो दिलको आधा सिमाना च्यापिएको छ।।

यतिसम्म घातक हुन्छ शंकाको एक धागो पनि
भरखर बन्दै गरेको प्रेमको महल भत्किएको छ।।

एक चन्द्रमा मेरी आमा हुन् धर्तीमा उदाउँछिन्
अर्को चन्द्रमा छ,जो आकाशमा टाँसिएको छ।।

अस्पतालको छेवैमा छ सुर्ती, चुरोटको उद्योग
बोर्डमा धुम्रपान गर्नु हानिकारक लेखिएको छ।।

उसैले न्यायलयमा अपराधको छानवीन गर्छ,
जो आफैले कुख्यातिको ताज पहिरिएको छ।।
विमला पोख्रेल “विकिरण “महावै गाउँपालिका ,कालिकोट

तपाईको प्रतिक्रिया