मेरो जस्तै तिम्रो पनि बुझ्ने मन भैदिए
खान लाउन मात्र पुग्ने थोरै धन भैदिए ।
किन हुन्थे र टाढा आज म तिमीबाट
मेरो जस्तै तिम्रो मनमा आफ्नोपन भैदिए ।।
२.
जिन्दगीमा खुशीको शहर हुनुपर्छ
अनि प्रेमिल मनको रहर हुनुपर्छ ।
म एक यस्तो अस्पताल खोज्दैछु
जहाँ प्रेमको औषधी जहर हुनुपर्छ ।।
३.
तिम्ले जित्नु मैलें हार्नु, केही त गडबड थियो
दिलको डेरा अन्तै सार्नु, केही त गडबड थियो ।
कत्ति माया गर्थ्यौ तिमी थाहा थ्यौ मलाई
विनाकारण माया मार्नु, केही त गडबड थियो ।।
४.
तिम्रै यादमा हराउने,बानी भएको छ
हाम्रो प्रेम अनौठो, कहानी भएको छ ।
उता तिम्रो ओठमा पक्कै मुस्कान छ होला
यता मेरो आँखाभरी,पानी भएको छ ।।
५.
आज यो मन पोलेर सताएँ तिमिलाई
हो नानाथरी बोलेर सताएँ तिमिलाई ।
यदि मिल्छ भने मलाई माफी दिनु है
दिलका बात खोलेर सताएँ तिमिलाई ।। मदराज शाही (कालिकोट )
मुक्तक
तपाईको प्रतिक्रिया
दियो खबर । १२ कार्तिक २०७८, शुक्रबार १७:४६