गजल- तिमी पैसा अनि पावर खोज्छौ – लक्ष्मण कुमार शाही(क्षितिज)

तिमी पैसा अनि पावर खोज्छौ म मित्र खोज्छु ।
समाज र सोच बदल्ने सुत्र म आफै भित्र खोज्छु ।
शासन बदलियो शासकको दमन बदलिएन ।
अन्याय भित्र पनि न्याय होस म त्यस्तो चरित्र खोज्छु ।
पल भरमै फेरिन्छन मान्छेका गतिविधिहरु
रुप र व्यबहार एउटै भएको म चित्र खोज्छु ।
खोट र फोहोर हर जो सुकैमा पनि हुन्छ
दुसित ढल केलाउन्छु त्यही भित्र पबित्र खोज्छु ।
समाज र सोच बदल्ने सुत्र म आफै भित्र खोज्छु ।
तिमी पैसा अनि पावर खोज्छौ म मित्र खोज्छु ।

तपाईको प्रतिक्रिया