गजल-प्रकाश बराल

म त्याे दिनदेखि गजलकाे बिद्यार्थी बनेकाे छु ,
जुनदिन देखि आमाका आँखाहरु पढेकाे छु ।

बाटाेमै सबथोक बाँडि मन्दिरमा रित्तै पुग्छु ,
ईश्वर जानुन् मैले पाप वा पुण्य गरेकाे छु ।

मलाई लाग्या तिर्सना याे मनैले मेटाईदिन्छु ,
तिम्रा तस्बिरहरू आँखैले खिचेर लगेकाे छु ।

तपाईं मैनझै पग्लनुभाे उज्यालो छर्नलाई ,
म पनि हजुर भित्र बाति बनेर जलेकाे छु ।

म याे चाैतारिमा बस्नुकाे रहस्य यहि मात्र हाे ,
हराएका बा फर्केलान् भनी पर्खिरहेकाे छु ।।
प्रकाश बराल “आँसु “

तपाईको प्रतिक्रिया