मुक्तक

आफ्नो मनको भित्रभित्रै द्वन्द्व हुँदैछ ।
बाँच्ने चाहना विस्तारै मन्द हुँदैछ ।
यहाँ मेरो जिन्दगिलाई थुनामा राखेर
तिम्रो दिलको अदालत बन्द हुँदैछ ।।
२.
यो खोक्रो शरीर बोकेर हिडिरहेछु ।
अनि मनभरी पिर बोकेर हिडिरहेछु ।
घर परिवार आफन्त सबै छोडेर
आँखाभरी तस्विर बोकेर हिडिरहेछु ।।
३.
खै किन मान्छेलाई मर्न जत्तिको डर अरु केही छैन ।
तर सोच्छु म,मृत्यु जत्तिको सुन्दर अरु केही छैन ।
प्रिया,मलाई मार्न तिमीले विष लिएर आउनै पर्दैन,
तिम्रो अनुपस्थिति भन्दा ठूलो जहर अरु केही छैन ।।

मदराज शाही “बिबश अकेला”

तपाईको प्रतिक्रिया