प्रकृतिले नै शिङ्गार गर्दिएर मनै लोभ्याउने गरि चिटिक्कै पार्दिएको यो ताल कर्णाली प्रदेशको सल्यान जिल्लामा पर्छ ।प्राकृति रुपमा आफै बनेको तालमा अहिले आन्तरिक र बाह्य पर्यटक घुम्न जानेको लड्को नै लाग्ने गरेको छ। यो कुपिण्डे ताल प्रवेश द्वार हो सल्यान जिल्ला प्राकृतिक सम्पदा,तथा धार्मिक स्थलहरु र सँस्कृतीले धनी जिल्ला मानिन्छ । यस जिल्लाको पूर्वमा रोल्पा पश्चिममा सुर्खेत र बर्दिया उतरमा जाजरकोट र रुकुम पश्चिम दक्षिणमा दाङ र बाँके जिल्ला रहेका छन्।यो जिल्ला ऐतिहासिक महत्व बोकेको जिल्ला भएको खैरावाङ भुवनेश्वरी मन्दिर लक्षमीपुर शक्ति पिठ छाँयाक्षेत्र मन्दिर कृष्ण मन्दिर देवस्थलका साथै कुपिण्डे ताल र कछुवा दह जस्ता तालहरु पनि रहेका छन् । जिल्लाको उतर पश्चिममा बग्ने भेरी नदी र मध्ये भागबाट बग्ने शारदा नदिका साथै मर्म खोला‚वनगाड खोला‚कोर्वाङ खोला,दार्मा खोला‚मोखला खोला‚ चाक्ला खोला जस्ता खोलाहरु एंव ज्यूला वेशी र फांटहरुले जिल्ला लाई उर्वरता प्रदान गरेका छ्न् ।
कुपेण्डे ताल घुम्न जानको लागि सडकको काम पनि तिव्रगति मा भैरहेको थियो । कच्ची मोटर बाटो पुगे पछि घुम्न आउने पर्यटक बढ्दैछन् ।कर्णाली प्रदेशको राजधानी सुर्खेत बाट सल्यानको कुपिण्डे ताल सम्म ८० किलोमिटर टाढा रहेको यो ताल प्राकृति रुपमा नै बनेको छ।यताउता डाँडा पाखाले भरिएको यो सुन्दर ताल पुग्दा आनन्द भएको महसुस हुन्छ।
हामी आज बिहान ५:४५बजे उठ्ने बित्तिकै आज शनिबारको दिन त्यसैमा दशै नजिकै आउदैछ त्यसको उपलक्ष्यमा हाम्रो भेटघाट भएको यो भेट् लाई सार्थक बनाउनको लागि हामी चार जनाले सल्यानको कुपिण्डे ताल घुम्न जाने योजना बनाए र हामीले विहान ६:३० नुहाउने धुवाउने काम सक्किए पछि ८:२० मा तातो चिया खाएर ९:बजे तिर हामी गन्तव्यको यात्रा तय गरौँ हामी संग दुईवटा मोटरसाइकल थिए त्यसमा नै यात्रा तयार गरेर सुर्खेतबाट सल्यान तिर लागियो सुर्खेतको छिन्चु सम्म त सडक राम्रो नै थियो सहजै यात्रा गरियो ।
,छिन्चु भेरिगंगा नगरपालिका हुदैन,गुर्भाकोट नगरपालिकाको मेहेल कुनामा हामीले खाना खाने समय पनि भएको थियो र खाना खान लाग्यौं हाम्रो यो पहिलोपटकको यात्रा भएर होला सायद सबैको मनमा कति समय लाग्ला भन्ने प्रश्न नै खेलिरहेको थियो,सिम्तालि होटलका साउजि लाई हाम्रो टिमका भुमि प्रसाद आचार्यले सोधेँ कुपेण्डे तालमा पुग्न कति समय लाग्छ भनेर सोध्दा साउजिले २ घण्टा समय लाग्छ भन्ने पछि झन हामी आत्तिएका थियौँ र खाना खाए पछि।
गन्तव्य तिर लागियो बाटोमा जादै गर्दा हामी १२ बजे तिर कुपिण्डे तालमा पुग्यौं र हामी सबै जनाले त्यहाँको दृश्य हेर्यो अनि आफ्नो फोटो खिच्न व्यस्त भए ।
केही समय पछि त्यो ताल पुरै घुम्नको लागि त्यहाँ भएको नाउँ प्रयोग गरेर हामी चार जना नाउँमा बस्यौं त्यो ताल घुम्न १ घण्टा लाग्यो ताल घुमि सकेपछि ।
हामी बाराहि मन्दिरमा पुजा गर्न तिर लाग्यौं र पुजा पनि गर्यौं पुजारीले संस्कृत भाषामा आशिर्वाद पनि दिए हामीले एउटा मात्र शव्द बुझेका थियो यहाँहरुको मन इच्छा पूरा गरिदिनु भन्ने त्यसपछि हाम्रो यात्रा फेरि सुर्खेत तिर फर्किन लाग्यौं ।
सडकको मर्मत सुधार गर्दै थिए त्यसमा पनि मोटरसाइकलको यात्रा कठिन पुर्ण भयो हामी फर्किने क्रममा बिच बाटो पुग्दा पानी पनि पर्यो अनि अलिअलि पानिले भिजायो ।त्यस पछि हामी सल्यान खलंगा र छिन्चुको सिमानामा खाजा खाएउ खाजा खाएर सक्किए पछि पानी पनि रोक्कियो अनि गन्तव्य तिर लागियो फेरि पानी पर्ने सुरु भयो र हामी राम्रोसँग भिजियो सुर्खेतको छिन्चुमा चिया पसलमा चिसो भएर तातो चिया खानेकाम भयो अनि फेरि पानी रोक्कियो र हाम्रो टिम गन्तव्य लाग्यौं साझाको ६: बजे कोठामा पुग्यौं,हामी सबै पानिले भिजेका थियौँ।
हाम्रो टिम भुमि प्रसाद आचार्य,तुलराज पाण्डे परिवर्तन ,स्वदेश शाही ,प्रभुराम पाण्डे ।
मैले देखेको कुपिण्डे ताल
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १६ आश्विन २०७८, शनिबार २३:३०