सुर्खेत/नेकपा माओवादी केन्द्रको भातृ संगठन नेपाल दलित मुक्ति मोर्चा,किषान महासंघ,अखिल महिला क्रान्तिकारी महाबै गाउँपालिकाको पालिका स्तरीय भेला सम्पन्न भएको छ।बुधबार अखिल महिला क्रान्तिकारी संगठनकि केन्द्रीय सदस्य गंगा खड्का वोगटी’विरोध’को प्रमुख आतिथ्यता ,नेकपा माओवादी केन्द्र कर्णाली प्रदेश कमिटी सदस्य एवम् कालिकोट जिल्ला निर्वाचन क्षेत्र’क’का इन्चार्ज लक्ष्मीप्रसाद चौलागाईं ‘शैलेन्द्र’,दलित मुक्तिमोर्चाका केन्द्रीय सदस्य दिनेश चदारा र महाबै गाउँपालिका इन्चार्ज युवा नेता खेम बहादुर सिंह’भिजन’को विशेष आतिथ्यता मा जनवर्गीय संगठनको भेला सम्पन्न भएको छ। उक्त भेलाले जनवर्गीय संगठनको कमिटी निर्माण गरेको हो ।दलित मुक्तिमोर्चा को अध्यक्ष दर्न विश्वकर्मा किसान महासंघको अध्यक्षमा किरण शाही,अखिल महिला क्रान्तिकारी को अध्यक्षमा सिर्जना शाहीले नेतृत्वमा जनवर्गीय संगठन गरिएको हो। उक्त कार्यक्रम लाई सम्बोधन गर्दै महावै गाउँपालिका इन्चार्ज युवा नेता सिंहले कालिकोट जिल्लामा सर्वहारा वर्गको हकहितका एक मात्र पाटीले नेतृत्व गरेको दावि गरेका छन् ,नेकपा माओवादी केन्द्रको लाल किला का रुपमा स्थापित भए जिल्ला र अझ महावै गाउँपालिका मा त माओवादी केन्द्र पाटीमा जनताको प्रवेश गर्नेको लहर चलेको छ । नेकपा एमाले र नेपाली काँग्रेस दुई पाटी एक भए स्थानीय निर्वाचनमा नेकपा माओवादी केन्द्र संग चुनाव लड्दा पनि झिनो मत अन्तरले पराजित भएका थियौं ।अब आउने निर्वाचनमा महावै गाउँपालिकामा क्रियाशील राजनितीक दल एक भए पनि नेकपा माओवादी केन्द्र संग जित्न नसक्ने दावी समेत गरेका छन्।आउदै गरेको नेपालीहरुको महान चाड् विजया दशमी तथा शुभ दिपावली शुभकामना समेत दिएका छन् ।
नेकपा माओवादी केन्द्र निकट जनवर्गीय संगठनको पालिका स्तरीय भेला सम्पन्न
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १४ आश्विन २०७८, बिहीबार १९:३६