सुर्खेत /कालिकोट जिल्लामा अहिले राजनिती चहलपहल बढेको छ।नेपाली काँग्रेस वडा देखि जिल्ला सम्म अधिवेशन चलिरहेको छ,नेकपा माओवादी केन्द्र को पनि सेल कमिटी देखि पालिका सम्म पाटी र जनवर्गीय संगठनको चहलपहल बढेको छ।त्यस्तै नेकपा एमाले र नेकपा एकीकृत समाजवादी पाटी पनि आफ्नो कमिटी बनाउन सक्रिय छन् यस क्रममा विभिन्न ठाउँमा कार्यक्रम गरेर पाटी प्रवेशको लहर चलेको समाजिक संजाल रङ्गि चङ्गि र समाचार आहि रहेको बेला कर्णाली प्रदेशका स्थानीय तह मध्य कालिकोट जिल्ला पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मण बम पलाँतीकान्छाले भन्ने गाउँमा गएर पाटी प्रवेश गर्न लाग्नु भन्दा यीनिहरु लाई रोजगारीको व्यवस्था गर्न सके पाटी प्रवेश गरानु नपर्ने सामाजिक संजालमा लेखेका छन् ।कर्णाली प्रदेशकै चर्चामा आएका लोकप्रिय गाउँपालिका अध्यक्ष बमले आफ्नो स्थानीय तहमा ६०० जना लाई रोजगारीको सिर्जना गरेको बताए । योग्यता र क्षमता अनुसारको रोजगारी सिर्जना गरेको छु ,करार,ज्यालादारी,कृषि,शिक्षा,स्वास्थ,विद्युत्,बाख्रा,भौसी,लगाए क्षेत्रमा रोजगारी सिर्जना गरेको बताए ।
अध्यक्ष बमको भनाइ “हरियो घाँस देखाएर खसी काट्ने चलन जस्तै अबसर देखाएर पार्टी प्रबेस गर्नु हुन्न”
दिनमा एक कार्यक्रममा ५सय जना भेला गराउदा ९ पालिकामा५०० ×९=४४००हुन्छ कालिकोट मा ९ दल छन् ४५०० ×९ = ४०५००दलका कार्यक्रममा सहभागिहुदा ४०५००×८००=३२४००००० तिनदकरोड २४लाख घाटा हुन्छ यदि यहि समय बिकासमा लगाउदा कति बिकास गर्न सकिन्छ आजको यो युग ले सोच्न जरुरि रहेको बताए ।
पाटी बेरोजगार भर्ति केन्द्र बाट बैचारिक र सैद्धान्तिक श्रोत केन्द्र बनाउँ समृद्धि को मार्ग आफै तय हुन्छ अध्यक्ष -बम
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १४ आश्विन २०७८, बिहीबार ०७:५०