सुर्खेत /कर्णाली प्रदेशको राजधानी सुर्खेतमा सामना शक्ति विकास लागि सदभावपुर्ण सहकार्य,भन्ने मुल नाराका साथ साझा सेवाहरूकाे सवलीकरण तथा सञ्जाल निमार्ण अभियान सम्बन्धि २ दिने गाेष्ठी विरेन्दनगरमा कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी माननीय मन्त्री कुर्मराज शाहीले उद्घाटन गर्नु भएको छ ।( नेफस्कुन )नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि काे आयोजनामा साे गाेष्ठी सुरू भएको हाे ।
साे उद्घाटन कार्यक्रम गाेष्ठीमा जिल्ला स्थिति सहकारी का अध्यक्ष र व्यवस्थाक ,जिल्ला र प्रदेश संघका पदाधिकारी काे सहभागी रहेको छ ।कार्यक्रममा कर्णाली प्रदेश का १० जिल्लामा रहेका सहकारी पदाधिकारी र बाके र बर्दिया का जिल्लाका पदाधिकारी काे समेत सहभागीता रहेको छ । उद्घाटन कार्यक्रम का प्रमुख अतिथि शाहीले सहकारी काे माध्यम बाट समाजकाे विकास र आर्थिक क्रान्ति गर्न सम्भ भएको बताए ।
सहकारीको माध्यम बाट आर्थिक क्रान्ति गर्न सम्भव भएको मन्त्री -शाही
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । १२ आश्विन २०७८, मंगलवार २२:४८