भाइरल डाँडाका राष्ट्रिय झण्डा नै हराए

सुर्खेत / पछिल्लो पटक भाइरल भएको ठाउँ हो वीरेन्द्रनगरको भानु पार्क । सामाजिक सञ्जाल टिकटकमा डीएनपी डाँडाको रुपमा समेत परिचित पनि हो भानु पार्क । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा बढ्दो जनघनत्वका कारण वीरेन्द्रनगर भित्रमा रहेका ओझेलका क्षेत्रहरु नपत्याउन ढंगले चर्चा कमाउने गरेका छन् । वीरेन्द्रनगरकै पातल दरवारको चर्चा लगत्तै डिएनपी डाँडा युवा पुस्ताको रोजाइँमा परेको थियो ।

झण्डा चोरी भएपछि खाली देखिएको भानु पार्क ।
वीरेन्द्रनगरको ६ नम्बर वडा कार्यालयले सडकको विचमा रहेका फुलहरुमा वत्ती जडान गरिदिएपछि साँझको समयमा टिकटक बनाउन यो डाँडामा सयौंको संख्यामा पुग्ने गरेका थिए । साँझको समयमा भीड थेग्न नकसेपछि राती ८ बजेपछि भाइरल डाँडामा प्रहरी नै खटाउनु परेको थियो ।

संविधान दिवसको दिन भानु पार्कमा राखिएका राष्ट्रिय झण्डा ।

दोस्रो चरणको कोरोनापछि सुनसान बनेको भाइरल डाँडामा फेरि वडा कार्यालयले ८० ओटा राष्ट्रिय झण्डा फहराइदिएको थियो । असोज ३ गते संविधान दिवसको अवसरमा वडा कार्यालयले भाइरल डाँडालाई भानु पार्क नामाकरण गरेर झण्डा फराएको हो । तर एक हप्ता पुग्न नपाउँदै अहिले सबै झण्डा वडा कार्यालयले निकालेको छ । कार्यालयले प्रमुख जिल्ला अधिकारी छविलाल रिजाल, एसपी पदम विष्ट, नगरपालिकाका प्रमुख देवकुमार सुवेदीको रोहवरमा संविधान दिवसको दिन झण्डात्तोलन गरिएको हो । झण्डा फहराउँदा सुरक्षाको प्रत्याभूति गराउने वचन दिएको वडा कार्यालयले सुरक्षा गर्न नसकेको स्थानीय बताउँछन् ।

चोर खोज्दै वडा कार्यालय
भानु पार्कको सडक किनाराका दुवैतर्फ राखिएका झण्डामध्य १४ ओटा चोरी भएको भन्दै वडा कार्यालयले निकालेको प्रतिक्रिया दिएको छ । ‘राष्ट्रिय झण्डाको सुरक्षा र संरक्षण गर्नु हामी सबैको दायित्व हो । चोरी नै हाल्छन् भन्ने लागेन्,’ वीरेन्द्रनगर नगरपालिका ६ नम्बर वडाध्यक्ष मोतिप्रसाद कँडेलले भन्छन्, ‘पार्क आकर्षक होस् र नागरिकहरुका मोबाइलमा फोटो वा भिडियो कैद गर्न सहज होस् भन्ने हेतुले राख्यौं । एक साता नपुग्दै झण्डा चोरी भएपछि सुरक्षार्थ तत्काल वडा कार्यालयले निकालेर राखेको छ ।’
रात्रीकालिन समयमा सुरक्षा गरिदिन स्थानीय प्रशासनलाई आग्रह गर्दा प्रहरीले सुरक्षा दिन नसक्दा झण्डा चोरी भएको वडाध्यक्ष कँडेल बताउँछन् । ‘पार्कमै रहेको सीसी क्यामराले काम नगर्नु, रातीमा प्रयाप्त वत्तीको व्यवस्था र प्रहरी उपस्थिति नहुँदा झण्डा चोरीका हुन्,’ कँडेल भन्छन्, ‘झण्डा चोरी गर्नेहरुलाई पक्राउ गरेर कानूनी दायरमा ल्याउनका स्थानीय प्रशासनसँग समन्वय गरिरहेका छौं । उनीहरुलाई पक्राउ गरेर कानूनी दायरामा ल्याएपछि भोलीका दिनमा थप यस्ता गलत कार्यहरु रोकीने छन् ।’

पार्कमा हाइमार्स लाइट राखिएकाले दशैँ अगावै झण्डा राख्ने तयारीमा वडा कार्यालय छ । तर कार्यालयले झण्डा चोरी नभएको भए पीपल चौतारासम्म झण्डा विस्तार गर्ने योजनामा थियो । ‘परीक्षण गर्नलाई तत्काल पार्कको दुवै किनारामा झण्डा राख्यौं,’ वडाध्यक्ष कँडेल भन्छन्, ‘चोर्न थालेपछि विस्तार गर्ने की नगर्ने भन्ने विषयमा अलमलमै छौं ।यो समाचार नेपाली रैबारमा छ

तपाईको प्रतिक्रिया