सुर्खेत /कालिकोट जिल्लाको खाँडाचक्र नगरपालिका -११ बदालकोटको बरातु टोलमा बत्ती बलेको छ। प्राविधिक टोली विष्णु बहादुर धराला, रत्न वहादुर शाही र धुर्ब राज शाहिको र स्थानीय टोलि हरिचन्द्र गिरी र विनोद गिरी प्रविधिका संसंगै काम गरेर गाउँमा बत्ती बाल्न सफल भयका छन। ओह रात्र खटेर हाम्रो गाउँमा बत्ती बाल्न सफल भएको छ। बरातु र बबेडी टोलमा सफलताका पुर्वक बलेको छ। स्थान टोलि हरिचन्द्र गिरी भन्छन् धेरै संघर्षका बीच बत्ती बाल्न सफल भइयो। स्थानीयहरु बत्ती बलेको देखेर खुसी भयका छन्। प्रविधिक टोलीलाई किन ढिलो भनेर भन्दा हाम्रो अफिसमा कर्मचारी पनि कम भएको ले ढिलो भएको बताएका छन्। हामीले गुनासो गर्न जाँदा स्थानीय सरकार नगरपालिका नगर-प्रमुख जसी प्रसाद पाण्डे र वडा अध्यक्ष पुष्प राजा गिरी लाई गुनासो पोक्न जाँदा उहाँको पहल निरन्तर रहेको थियो। आज काम सम्पन्न भएकोमा गाउँले खुसी भयका छन्।
जीबन गिरी भन्छन् नगरपालिका भए पनि अहिले सम्म बत्ती बलेको थिएन। हाम्रो टोलका हरिचन्द्र गिरी लगायतको गाउँका केही अगुवाहरुले बारम्बार विद्युत कार्यालय धायपछि बल्ला बत्ती बलेको हो। अहिले सिंगल फेज बत्ती आएकोले खासै खुसी हुनु पर्ने देख्दिन भन्छन्। खाँडाचक्र-११ बदालकोटमा ५ ओटा टोल भयता पनि अहिले सम्म बरातु, बबेडि र रेगिलमा मात्र बलेको छ। कहिले हाम्रो पुरै वडा मा बल्छ भनेका छन्। अब गाउँमा चाँडै थ्री फेज बत्ती आवसेक रहेको गिरिले बताए। किन भने हाम्रो गाउँ भनेको उत्पादन र कलकारखाना खोल्न सकिने सम्भावना बोकेको ठाउँ हो। हामी कालीकोटको सदरमुकाम नजिकै जोडिएको टोल हो । अहिले सम्म बत्ती नबल्नु भनेको गाउँका राजनितीक दल,अहिलेका जनप्रतिनिधिले गाउँको विकास भलो नचाएको होकी प्रश्न उठ्न थालेको छ।
खाँडाचक्रको बरातुमा झिलिमिलि
तपाईको प्रतिक्रिया
दियो खबर । ११ आश्विन २०७८, सोमबार २१:२९