नेपाली कांग्रेस महाधिवेशन :कालिकोटको कुन पालिकामा को बने सभापति (सूचिसहित)

सुर्खेत / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत कालिकोटका ९ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ ।

शनिबार सम्पन्न भएको अधिवेशनले ६ वटा पालिका र ३ वटानगरपालिकामा सर्वसम्मतले नयाँ नेतृत्व चयन गरेको हो ।
खाँडाचक्र नगरपालिका कार्यसमिति सभापतिमा भानुभक्त आचार्य (शर्मा )सर्वसम्मत चयन भएका छन् ।
रास्कोट नगरपालिका  कार्यसमितिको सभापतिमा वीर बहादुर फर्साल सर्वसम्मत चयन भएका छन् ।
तिलागुफा नगरपालिका  सभापतिमा धिरेन्द थापा सर्वसम्मत चयन भएका छन् ।

शान्नित्रिवेणि गाउँपालिकाको सभापतिमा विरेन्द्र केसी सर्वसम्मत चयन भएका छन् ।

पचालझरना गाउँपालिकाको सभापतिमा प्रजापति संज्याल सर्वसम्मत चयन भएका छन् ।

पलाँता गाउँपालिकाको सभापतिमा धिर बहादुर बम सर्वसम्मत चयन भएका छन् ।

नरहरिनाथ गाउँपालिकाको सभापतिमा राम बहादुर बटाला सर्वसम्मत चयन भएका छन् ।

शुभकालिका गाउँपालिकाको सभापतिमा दिर्घ बहादुर शाही सर्वसम्मत चयन भएका छन् ।

महावै गाउँपालिकाको सभापतिमा पुराधि अधिकारी सर्वसम्मत चयन भएका छन् ।

तपाईको प्रतिक्रिया