अपडेट

अखिल नेपाल महिला संघ (क्रान्तिकारी) को रास्कोट प्रथम नगर सम्मेलन सम्पन्न

सुर्खेत /कालिकोट जिल्लाको राष्कोट नगरपालिकामा नेकपा माओबादि केन्द्र निकट अखिल नेपाल महिला संघ (क्रान्तिकारी )प्रथम नगर सम्मेल सम्पन्न भयको छ । संगठनकि नगर अध्यक्ष सुर्जा फडेराको सभा अध्यक्षता नेकपा माओबादि केन्द्रका कर्णाली प्रदेशका सह ईन्चार्ज तथा माननीय मुख्यमन्त्री महेन्द्र बहादुर शाहिको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भयको छ ।उक्त कार्यक्रममा पार्टि अध्यक्ष धनजित शाहि (आदर्श),कालिकोट प्रदेश निर्बाचनक्षेत्र नं ख का संयोजक डम्वर बहादुर शाहि(डिबि),महिला संगठन जिल्ला ईन्चार्ज अल्किना बम, रास्कोट पार्टि अध्यक्ष धर्मराज शाहि (पोषण),नगर प्रमुख कासिचन्द्र बराल,नगर उपप्रमुख मिमसरा शाहि बम ,महिला संघ जिल्ला संयोजक सैलेजा बम लगायका नेताहरुको उपस्थिति रहेको कार्यक्रम संचालक कोपिला संज्यालले जानकारि दिनु भएको छ। विभिन्न पार्टि परित्याग गरि ३५ जना माओवादी केन्द्रमा प्रबेश गरेका छन् ।

तपाईको प्रतिक्रिया