काँग्रेसमा २२ वर्षिय उपाध्याय सचिव निर्वाचित

सुर्खेत /नेपाली काँग्रेसको ७ ओैं अधिवेशन बाट शुभकालिका गाउँपालिकाको सचिवमा २२ बर्षिय युवा दिपक उपाध्याय निर्वाचित भएका छन् । बुढापाका नेताहरुले कुर्सी र ठाउँ नछोड्ने पुरानो चलन पछिल्लो समयमा हट्दै गएको छ । युवाको हातमा राजनैतिक अवसर दिने चलन कालिकोटमा सुरु भएको छ। जिल्लाको शुभकालिका गाउँपालिकामा २२ वर्षिय युवक दिपक उपाध्याय नेपाली काँग्रेसको गाउँपालिका सचिवमा निर्वाचित भएका छन् ।

नेपाली काँग्रेसमा युवाहरुको सहभागिता र आकर्षण पछिल्लो समय बढ्दो छ । नेपाली काँग्रेस भित्र देखिएको नयाँ तरंग अनुरुप नेविसंघ लामो समय देखि राजनीति गर्दै आएका उपाध्यायले पाटीको नेतृ हाक्ने भएका छन् ।

तपाईको प्रतिक्रिया