हिजो केपि ओलिलाई प्रतिगमनकारी भन्नेहरु केपि ओलिले अध्यक्षता गरेको बैठकमा कुन मुखले बोल्छन्-पराजुली

सुर्खेत /नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी संगठन अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले सामाजिक संजालमा हिजो प्रतिगमन मुर्दावाद भन्ने र प्रतिगमन जिन्दावाद भन्ने”बा”लभ लभ यु भन्नेहरुको बैचारिक एकरुपता कहाँ निर मेल खान्छ ?
लोकतान्त्रिक गणतन्त्र,संविधान,संसद पटक पटक विघटन सहि/ठिक हो भन्ने र यो वेठिक हो भन्नेहरु बिच एउटै बैठकमा बसेर त्यो प्रतिगामी प्रतिवेदनका बारेमा सहि छाप गर्छन् कि यसो मिडिया आएर विरोध गर्छन् ?
हिजो सर्वोच्चमा गएर यो प्रतिगमन हो संसद बचाई पाउ भन्दै गरेको हस्ताक्षरका बारेमा के बोल्छन् ?राजनीतिमा सिद्धान्त विचारलाई कुल्चिएर गरिने सम्झौताको कुनै अर्थ र माने रहदैन ।केपि शर्मा ओलिले गरेको असंवैधानिक/प्रतिगामि कदमका बारेमा वैचारिक भनिएका कमरेडहरुको अबको कदम के हुन्छ होला ।
साचि जेष्ठ २ अघिको संगठनको संरचना चाहि पुरै कायम रहेछ होईन ?कुन कुन विदेशी प्रभुलाई विन्ती गरेर सम्झौता गरेको भन्ने कुरा चाहि बिस्तारै खुल्दै जाला जाने समेत बताए ।

तपाईको प्रतिक्रिया