खुशी र सम्बृद्ध परिवारका लागि पारिवारिक बैठकको आवश्यकता

बाले विश्वकर्मा /
 ……के तपाई सफल हुन चाहनुहून्छ ? त्यसोभएपहिलाआफ्नो परिवारको राम्ररी हेरचाह गर्नुहोस् । आफ्नो परिवार लाई मेलमिलापमा राख्नेहरु नै सफल मानिसहरु हुन् । मानिसहरु लाई तिनिहरुको परिवारको आदर्श बाक्य के हो भनेर सोध्दा प्रायले घर खुशी हुँदा सवै ठीक हुन्छ भन्ने गर्छन । परिवारमा मेलमिलाप रह्यो भने सवै कुरा राम्रो हुनेछ भन्ने अर्थ हो । परिवार चाँहि समाज र देशको आधार हो जीवनको शुरुवाति बिन्दु पनिहो ।त्यसकारण परिवार मिलापमा रहेमा समाज वलियो र देश स्थिर हुन्छ ।
यदि परिवारमा शान्ती छ भने पढाई होस् अथवाकाम जे गर्दा पनित्यसमा रुचीलाग्छ ।आनन्द साथ घरवाट छुटेर काममा जाँदा कुशलता पुर्वक काम गर्न सकिन्छ अथवा घरपरिवार संग ठुलो झगडा गरेर घरवाट रिसाउँदै निस्कँदा कुशलता पुर्वक काम गर्न सकिन्छ?वास्तवमा सहकर्मीहरु संगको झगडा र परिवार संगको झगडाको वारेमा अध्ययन गरेका एक जना बेलायती प्राध्यापकले आफ्नो अनुसन्धानको परिणाम सुनाएका थिए ।
घरायसी मामिलाको बढि चिन्ता गर्ने मानिसहरु काममा ध्यानदिन सक्दैन र त्यसले सहकर्मीहरुमा पनि नकारात्मक प्रभाव पर्छ,अनि घर फर्कदा खेरी पत्नी सँगको उनीहरुको झगडाले झन खराव रुपमा लिन्छ । घरको वातावरणले मानिसमा बिशेष गरी बच्चा र युवाहरुमा ठुलो प्रभाव पार्छ ।
एक अमेरीकी अनलाईन समाचार श्रोत हफिङटन पोष्टको रिपोर्ट अनुसार हप्तामा ३पटक आफ्नो परिवार संग खाना-खाने बच्चा तथा किशोरकिशोरीमा तौल बुद्धि हुने सम्भावनाको साथै असन्तुलित खाना-खाने बानी अथवा अस्वस्थ खाना-खाने बानीको सम्भावना कम हुने गरेको पाईयो ।
अर्को अनुसन्धानले पनि आमाको साँचो स्याहारले बच्चाहरुमा प्रतिरक्षा प्रणाली प्रवल हुने गरेको कुरा देखायो । प्रोटिनको कमीले कमीले संक्रमण श्राव हुने हुँदा प्रबल प्रतिरक्षा प्रणालीका कारण रोग लाग्ने सम्भावना कम हुन्छ । आफ्ना वुवा र आमा लाई हेर्दै हुर्केका बच्चाहरुले आफुमा पनि बलियो मानसिक स्थिरता छ भन्ठान्छन् ।
वुवा संग बलियो पारिवारिक सम्वन्ध भएका बच्चाहरु फुर्तिला र तनाव लाई सजिलै जित्ने हुन्छन् । खुशी परिवारमा बच्चा उप्रति हुने सम्भावना न्युन हुन्छ ।केही गरि उपद्रव गरिहाले भने पनि तिनीहरुले तुरुन्त मन फर्काउ छन्,किन भने खुशी परिवारका बच्चाहरुले आफु फर्किनु पर्ने ठाँउ छ भनेर महसुस गर्छन । स्थिर घरेलु वातावरणमा हुर्केका बच्चाहरु शान्त मनले पढाई गर्न सक्छन्, तिनीहरु मासिक्ने क्षमताको पनि विकास हुन्छ । यसरी घर आरामदायक गुंडको रुपमा सञ्चालन हुँदा बच्चाहरुले शारिरीक र आत्मिय दुवै रुपमा स्वस्थ जीवन पाउन सक्छन् ।
संसारमा सवैभन्दाअमुल्य कुरा के हो भनेर सोध्दा प्राय मानिसहरुले परिवार हो भन्छन । परिवारको जिम्मेवार भएका अधिकाँश परिवार प्रमुखहरु भन्छन् कि तिनीहरुले धेरै कमाउन चाहेको चाहिँ परिवारकै लागिहो । तर परिवारकै खुशीका लागि हो भन्दै काममा मात्र बढि ध्यान दिनेहरु पनि हुन्छन् ।
परिवारको लागि समय छैन पछि सफलता हासिल गरे पछि बल्ल आफ्ना बच्चाहरु संग समय बिताउनेछु भन्नेहरु पनि हुन्छन् । त्यसो भन्ने मानिसहरुले बितेको समयलाई कहिल्यै फर्काउन सकिदैन भन्ने कुरालाई बेवास्ता गरिरहेका छन् । संसारका सर्वाधिक धनीहरुको सुचीमा पर्ने वाल्मार्टका संस्थापक सामवाल्टनले आफुले जीवन ब्यर्थमा खेर फालेको कुरा बताएका छन् ।
तिनी सधै काममा ब्यस्त भएकाले परिवारलाई हेर्ने समय थिए नखुशी र सम्बृद्ध परिवारका लागि पारिवारिक बैठकको आवश्यकता
यहाँसम्म कि तिन लाई तिनका आधाज तिनातिनातिनाहरुको नाउँ समेत याद छैन । के साँच्चै तिन लाई सफल भन्न मिल्छ त ?
एकै समय मा दुई वटा खरायो लाई पर्कनु सजिलो छैन । काम र परिवार पनि यस्तै नै हो । परिवारले पर्खिरहेको छ भन्दै सहकर्मीहरु संगको जमघटमा सहभागी भइएन भने सहकर्मी दुःखित हुने छन् । अनि बच्चा बिरामी हुँदै पिच्छे हाकिम लाई छुट्टी माग्न पनि अप्ठ्यारो कुरा हो । यो नै तीतो यथार्थता हो ।
अरु भन्दा परिवार पहिला आउछ भन्ने कुरा लाई नविर्सनु चाहिँ महत्वपुर्ण हो । आफ्नो परिवार लाई समय दिनन सकिने,इन्कार गर्न नमिल्ने जटिल अवस्था आइपरेमा परिवारजन सितमाफी माग्दै निरन्तर प्रेम ब्यक्त गर्नुपर्छ । यदि तपाईको परिवार खुशी छैन भने समाजमा तपाईको सफलताको के लाभ रह्यो र ? समाजमा सफल मानिस भएर मनग्गे धन कमा एता पनि यदि संगै हाँस्ने र हृदय बिदारक कुराकानी बाँड्रन सकिने परिवार साथमा छैन भन्ने शुन्य लाग्नेछ ।आफ्नो कम्पनीको बृद्धीवा सफलताको निम्ति वरु परिवार लाई त्याग्नु ठीक छ भन्ने सोचाई छ भने त्यो सोचाई परिवर्तन गर्नुहोस् । काममा थकित भएर घर फर्कदा, आफु लाई स्वागत गर्ने परिवार छ भने तपाई खुसी र सफल ब्यक्ती हुनुहुन्छ ।
एउटा सर्वेक्षणले कोरियाको कुनै प्राथमिकतातहका ६९४६ जना बिद्यार्थिहरु लाई खुशीको निम्ति सवै भन्दा आवश्यक पर्ने कुरा के हो भनेर सोध्दा तिनीहरु मध्ये ४३६५ ले मिलापी परिवारलाई छाने । परिवारमा मेलमिलाप छ भने खुशी आफै आउँछ । घर मिलापी हुँदा सवै कुरा ठीक हुन्छ भन्ने भनाईको अर्थलाई मनन गर्दै हामीहरु आफ्नो परिवार लाई अझ प्रेम र खुशी दिऔ । तव हाम्रा सम्पुर्ण चाहनाहरु पुरा हुनेछन् ।
खुशी परिवार र समृद्ध परिवार बनाउनका लागि पारिवारिक बैठक महत्वपुर्ण हो। यदि पारिवारिक बैठक भयो भने सुखी र शान्त परिवारको रुपमा बिकास हुदै जान्छ । हरेक औपचारिक संस्था, कार्यालयहरुमा बैठक वस्ने चलन लामो नै भैसक्यो,जुन वैठक वाट संस्था तथा कार्यालयका सामुहिक निर्णय गर्ने र सवै सदस्यहरुमा जोस र जागर सहित भावी योजना बनाउने चलन छ र सोही अनुसार प्रगतिहरु पनि भैरहेका हुन्छन् संगठन संचालनको निम्ती बैठक स्वभाविक र अपरिहार्य हुन्छ । परिवार पनि समाज निर्माण गर्ने एउटा संगठनहो,जसमा समझदारी र सहमतीको निम्ति बैठक आवश्यक हुन्छ ।
तपाई हामी कसैले पारिवारिक बैठक गर्ने गर्नु भएको छ?भनेर सोध्यो भने एक अर्का सित मुश्किलले भेट हुन्छ । मेरा बच्चाहरु अझै सानो छ,घर वैठकमा खै के कुरा गर्ने र?उनीहरुले मैले भनेको सुने भईहाल्यो नि, बैठक किनचाहियो र ? यसरी प्राय मानिसहरु पारिवारिक बैठक तथा भेला आवश्यक नरहेको कुरा बताउने गर्दछन् । ब्यस्त औधोगित,कामको दैनिक चटारो,जागिर, ब्यवसाय लगायतका थुप्रै ब्यस्थताको कारण देखाएर घर बैठक कहिल्यै बस्ने गरिएको पाईदैन ।
घरपरिवारका सदस्यहरुको दैनिक ब्यस्तहुने कारण बुवा बाहिरको काममा,आमा घरायसी काममा,छोराछोरीहरु बिद्यालयको अध्ययनमा ब्यस्त रहने गर्छन,यस कारण प्राय जसो परिवारमा धेरै सदस्यहरु नभएता पनि पारिवारिक बैठक भेला गाह्रो हुन्छ । बैठक भईहाल्यो भने पनि बताउने कुरा खासै नभएकोले कोही बैठकको बिचैमा उठेर जाने गर्दछन् ।
पारिवारिक बैठक चाहीँ परिवार भित्र उब्जेका ठुला साना समस्याहरु लाई हल गर्ने पहिलो कदम मात्र होईनकि परिवारजन बिच मेलमिलाप र नजिकको सम्वन्ध बनाउने संचार माध्याम पनि हो । यदि तँपाइले अझै सम्म गरि हेर्नु भएको छैन भने अव देखी नै भए पनि गरि हेर्नु होस् ।शूरुमा अलिअनौठो लाग्न सक्ला,तर पछि बिस्तारै तँपाईले र तँपाईको परिवारले अर्को बैठक कहिले हुने होला भनेर पर्खन थाल्नु हुनेछ ।
पारिवारिक बैठक गर्नुको राम्रो पक्ष.?
जुनसुकै परिवारमा पनि ब्यक्तीगत बिचारहरु लाई आपसमा बाँडेर वार्तालाप गर्न सकिन्छ । यो कुरालाई मध्येनजर गर्ने हो भने परिवारिक भेला चाही इमान्दार भएर हृदय खोल्ने एकदमै राम्रो अवसर हो । प्रत्येक सदस्यको सोचाई र महशुस जान्न सकिने भएकाले सदस्यहरु बीचको आपसी सम्वन्ध मजवुत बनाउन सकिन्छ । यसका साथै सदस्यहरुले एक अर्काको सोचाई र रुचीको ख्याल राखेको कुरालाई बिश्वास गरेर आफ्नो उपस्थिति लाई अझ महत्वपुर्ण ठान्न पुग्ने छन्
पारिवारिक भेलामा वुवा आमाले एकतर्फी निर्णय लिने गर्नुभएको कुरा उठ्यो भने कुराकानीको सिमाबढ्ने गर्छ । एकसाथ नियम बनाउने र समस्याहरु समाधान गर्ने गर्यो भने सवै जना एउटै डुड्डामा यात्रा गरिरहेका छन् भन्ने महशुस हुनेछ। यसो गर्दा खेरि परिवारका सदस्यहरु बिच टिमवर्क हुनुको साथै घरमा कलह,झगडा वा द्धन्द्ध पनि कम हुने गर्दछ ।
पारिवारिक बैठक नियमित बन्यो भने छोराछोरीहरुले पनि आफ्ना बिचारहरु अभिब्यक्त गर्ने मौका पाउनेछन् भने बालबालिकाहरुको घरवाट अर्थपुर्ण सहभागीता सुनिश्चित हुनेछ । त्यसो हुँदा बिद्रोह लाई कमगदै उनीहरुले कुन चाहि उपयुक्त कारण वा माग होइन भन्ने जानेर एकोहोरो ढिपीलगाउने छै्रनन् । यसो गर्दै उनीहरुले अन्य ब्यक्तीको बिचार लाई सुनेर बुझिदिन सिक्ने छन,अनि उनीहरु मातर्क संगत बोलीबोल्ने र बिचार ब्यवस्थित गर्ने बानीको बिकास हुन्छ ।
पारिवारिक बैठक द्धारा वुवा आमा छोराछोरीहरु लाई अझ प्रभावकारी ढंगले हुर्काउन सक्नेछन् र बालबालिका बिरुद्ध परम्परा देखी हुदै आएका हिँसा,गालिगलौज,कुटपिट न्युनीकरण हुदै जाने छन् । छोराछोरीहरुको अनुरोध लाई नकार्नुको सट्टा यसवारे पारिवारिक बैठकमा कुरा गर्दा कसो होला?अर्को बैठकको बिषय राम्रो हुने भयो भनेर भन्न सक्नु हुन्छ । वुवाआमाले छोरा छोरीहरुको अनुरोधलाई पारिवारिक बैठकको बिषय बनाउदा अनावश्यक बिवाद हुन पाउ दैन र अर्को पारिवारिक वैठकसम्म समस्याहरुलाई ठुलो रुप लिन सक्दैन ।
नियमित रुपमा पारिवारिक भेला गर्ने एक जना गृहिणीले छोरा छोरीहरु प्रतिगनगनगर्दा गर्दा थकित भएर आफु उनीहरु वाट टाढिदै गएको जस्तो लागेको अवस्थामा पारिवारिक बैठकभयो भने समस्या समाधान हुने गर्दछ ।पारिवारिक बैठकले घरपरिवारका सवै सदस्यहरुमा माया ममता बढ्ने र घरपरिवारको लक्ष्य पुरा हुने मार्गमा जाने हुन्छ ।
पारिवारिक बैठक गर्दा कस्तो कुरा गर्नुपर्छ.?
पारिवारिक बैठक शुरु गर्नु अघि परिवारजनको राम्रो पक्ष वा सुधार हुदै गएको पक्षलाई लिएर प्रशंसा गरिदिने अथवा आफु भाग्यमानी भएको कुरा आपसमा बाडुनु पर्दछ ।यसो गर्नाले तपाईले परिवारको मनोबल बढाउन सक्नुका साथै उज्यालो र मैत्रीपुर्ण माहोल बनाउन सक्नु हुन्छ।
पारिवारिक बैठक को शिर्षक चाही सवै सदस्यहरुले साँझा गर्न सक्ने, जुनसुकै बिषयमा राख्दा पनि हुन्छ । फोहोर संकलन,घरसरसफाई, खेति पातिको काम जस्ता घरायसीकामहरु बिभाजन,परिवारजन लाई असुबिधा भएको पक्ष अथवा सुधार गर्नु पर्ने पक्ष सम्वन्धि केही नियम बनाउने कुरा गर्नु भए पनि हुन्छ । परिवारको आर्थिक अवस्था अथवा जन्मदिन,राष्ट्रिय बिदा,बिद्यालय परिक्षा,बिद्यालय नियमितता जस्ता आगामीकार्यक्रमवारे छलफल गर्नुभएपनिहुन्छ ।
यसका साथै कुनै मेन्यु बनाउनलाई सवैको रायहरु संकलनगर्दा पनि हुन्छ । पारिवारिक वैठक वस्दा सवैले सजिलै पहुँचहुन सक्ने ठाँउमाछलफलको बिषयलाई टाँसेर राखिदिनुभयो र बैठकअघि परिवारजनलाई यसवारे सोच्न समय दिनुभयो भने बैठकलेअझ सक्रिय रुपलिनेछ ।
निर्णय गरिएको कुरा सवैले याद गर्न सक्ने गरेर एक ठाँउमाटाँसेर राखिदिनु पर्दछ ।यदि पारिवारिक बैठक चाहिँ कसैलाई मुल्याँकन गर्ने समय बनयो भने गम्भिर बिवाद हुन सक्छ । त्यसैले सदस्यको गल्ती लाई औ ल्याउने अथवा आलोचना गर्ने कुरा गर्नुहुदैन ।यदि तपाई कुनै बच्चालाई अनुशासन सिकाउन चाहनुहुन्छ भने बैठकमा होइन कि अरु ब्यक्तीगत रुपमा उसित कुरा गर्नुभए हुन्छ।
पारिवारिक बैठक गम्भीर हुनहुदैन ।
तपाई बिभिन्न चीजको वारेमा कुरा गर्न सक्नु हुन्छ.?
 एक आपसमा माफी माग्ने कुरा,पुस्तकमा पढेको कुनै असल बाक्य,साथी वाट सुनेको रमाईला कहानी,आफुमा घटेको कुनै घटना,जीवन सम्वन्धि वृद्धी समाविष्ट असल कहानी र शिक्षा, समाजका केही मामिला र आफुले कहिक तैवाट सिकेका वा भोगेका नयाँ नयाँ कुराको जानकारी गर्ने गर्नु पर्दछ ।
कहिलेकाही तपाईले कुनै बिशेष तयारी गर्न पनि सक्नु हुन्छ.?
जस्ते कविता बाचन गर्ने,कुनै पुराना तस्वीर द्धारा पुरानो स्मृति लाई याद गर्ने,घरपरिवारका सवै सदस्यहरु संगै खेल खेल्ने,एक अर्का लाई पत्र लेखेर सुनाउने,अथवा सानो तर अर्थपुर्ण उपहार आदान प्रदान गर्ने,संगै गाउने नाच्ने,मिठो भोजन सयुक्त बसेर खाने आदि गर्न सकिन्छ । यदि तपाईले यसरी भावनात्मक बन्धन बाध्नु भयो भने परिवारजनले एक अर्कालाई औधी प्रेम गर्न पुग्ने छन् र सुखी परिवार सम्बृद्ध परिवारको सुनौलो बाटो खूल्नेछ ।
पारिवारिका बैठक यसरी गर्न सकिन्छः पारिवारिक बैठकको बिषयमा सोच्दा धेरै मानिसहरुले त्यसलाई बोझको रुपमा लिने गर्द छन् । परिवार सबै एकसाथ भेला भएर कुराकानी गर्ने हो भनेर सोच्दै आरामले गर्दा हुन्छ ।बैठकको निम्ती त्यस्तो ठोस प्रक्रिया नभए पनि प्राय बैठक शुरु भएको कुरा बताएर,शिर्षकको सुझाव दिएर त्यस सम्वन्धि छलफल गर्ने कार्य संगै बैठक समाप्त गर्नु भए हुन्छ। थप्न मन लागेको बिषयहरु थप्न सकिनेछ।
प्रक्रियाहरु एकदमै जटिल भयो भने बैठक बोझब न्न पुग्न तर माहोल अनुसार भेलाल चकदार बन्यो भने उचित हुनेछ । प्रभावकारी पारिवारिक बैठक गर्दा निम्न अनुसार कार्य गर्नु पर्ने हुन्छ ।
१)पारिवारिक बैठकमा सवै सदस्यहरु सहभागी हुने गर्नु पर्दछ.?
 पारिवारिक बैठक चाहीँ सवै सदस्यहरु लाई पायक पर्ने समयमा गरेमा पुरै परिवारको लागि राम्रो हुन्छ । यदि जुवाई अथवा वुहारी वा सासुससुरा पनि संगै बस्ने ब्यक्तीहो भने उहाँहरु लाई पनि सहभागी गराउनु पर्छ ।
सानो शिशु वाबालबालिका छ भने ऊ सुतिसके पछि को समयमा भेला गर्दा हुन्छ ।यदि कुनै सदस्यलाई बैठकमा सहभागीहुन मन पर्दैैन भने बैठक हुनुको राम्रो पक्ष र त्यसको परिणामको बिषयमा बर्णन गरिदिएर उहाँले अर्को बैठकमा सहभागी हुने गराउनु पर्छ ।
२) नियमित रुपमा बैठक.?
 आवश्यक पर्दा मात्र बैठक गर्ने होइन कि निश्चित मिति तोकेर नियमित रुपमा बैठक गर्नु उचित हुन्छ । हप्ताको एक चोटी बैठक गर्नु उचित हुन्छ,तर यदि कारण वस तोकिएको समयमा गर्न सकिएन भने तोकिएको दिन भन्दा एक दिन अघि वा पछि गर्न सकिन्छ । पारिवारिक बैठक लाई अन्य प्रतिज्ञाहरु महत्वपुर्ण ठान्नु पर्छ,अनि बैठकमा दखल पार्ने कुनै काम गर्नुहुदैन ।टिभी खोलिएको छ भने बन्द गर्ने,फोन गर्नु पर्ने छ भने फोनमा छोटो कुरा गर्ने अथवा स्थगित गर्ने गर्नु पर्दछ ।
३) पारिवारिक बैठक संचालनमा कार्य बिभाजन गर्ने.?
 बैठकको नेतृत्व गर्ने सभापति र बैठकको अभिलेख राख्ने सचिव नियुक्त गर्नु होस्,एक जनाले नै हरेक पल्ट गर्नु भन्दा पालैपालो गर्दा हुन्छ ।पहिलो पटक बैठक गर्न लागेको हो भने अथवा बच्चाहरु सानाछन् भने वुवाआमाले नै बैठकको अध्यक्षता गर्दा उचित हुन्छ तर माध्यामिकतहमा पढ्ने वा सो भन्दा माथिका बालबालिका छन् भने उनीहरुलाई बैठक डोर्याउन लगाउन उचित हुन्छ।
४) आपसमा आदर सुचक बोली बोल्ने?
 पारिवारिक बैठकको समायमा आदर सुचक बोली प्रयोग गर्दा उचित हुन्छ ।आदर सुचक बोली बोल्दा खेरी सून्ने ब्यक्ती प्रति आदरको भावलिन पुगिने हुँदा आफु स्वतः सचेत हुन पुगिन्छ ।परिवारका सदस्यहरुले केही गरि दिउन भन्ने चाहँदा गरि दिनु भए राम्रो हुने थियो भन्दै मुड खराव नहुने गरि सल्लाह र आशा पुर्ण बोली बोल्नु पर्छ ।
५) सवै लाई बोल्ने मौका दिने.?
पारिवारिक बैठकमा प्राय  वुवाआमा वा बयस्कले धेरै बोल्ने गर्नु हुन्छ,अनि छोराछोरीहरुले भन्दा बढि एकाधिकार चलाउने गर्नु हुन्छ । पहिला बच्चाहरुलाई नै बोल्न दिएर उनीहरुको बिचार सुने पछि वुवाआमा वा बयस्कहरुले बोल्दा उचित हुन्छ। हिचकिचाउने छोराछोरीहरुको अवस्थामा चाहिँ उनीहरु तयार छन् भने उनीहरुलाई बोल्न हौसला दिनुपर्नेछ। सवै लाई बोल्ने मौका मिल्ने गरि बैठक को अध्यक्षले बिचार शील हुन पर्छ ।
६) सवैम्मत निर्णय लिने.?
बहुमतको कदर चाहीँ प्रजातन्त्रको सिद्धान्त हो,तर पारिवारिक बैठकमा सवै जनाको सहमतिमा निर्णय लिदा उचित हुन्छ ।किन कि फरक सोचाई लिएको सदस्यलाई आफु एकलै पारिए जस्तो लाग्न सक्छ । यदि सवै जना निर्णयमा सहमत भएन भने अर्को उपाय सोच्ने समय लिनका निम्ती त्यसलाई अर्को बैठक सम्म रोकेर राख्नु पर्छ ।त्यसो गर्दा पनि भएन भने वुवाआमाले नै अन्तिम निर्णय लिएर छोराछोरीहरुलाई सम्झाउनु पर्छ ।
७निर्णय गरिएको कुरालाई जसरी पनि कार्यन्वयन गर्ने.?
कुनै कुराको निर्णय लिएको छ भने त्यसलाई कार्यन्वयन गरे नगरेको निश्चित गरेर, नगरेको अवस्थाको निम्ती कुनै सजाय तोक्न सकिन्छ । सजाय चाहीँ अन्य सदस्यको हित हुने किसीमले हुनुपर्छ । यसो गर्यो भने सजाय पाउने ब्यक्तीलाई खुशी मिल्न सक्छ । वुवाआमाले प्रतिज्ञा पुरा गरेर उदाहरण देखाई दिएमा छोराछोरीहरुले त्यो उदाहरण लाई पछ्याउने छन् । वुवाअमाले कुनै प्रतिज्ञा गरेर पुरा नगर्दा छोरा छोरीहरुले वुवाआमाको कुरालाई हलुका ठान्न पूग्ने छन् ।
८) ध्यान दिनुपर्ने कुराहरु.?
आफ्नो बिचारमा मात्रै जिद्धी नगर्ने, अर्को ब्यक्ती बोलिरहेको छ भने बीचमा नवोल्ने वाउसको आलोचना नगर्ने, धेरै योजना नवनाउने, धेरै दवाव नदिने, बैठक धेरै लामो समय सम्मन गर्ने (एक घण्टा वा सो भन्दा कम गर्दा उचित हुन्छ),सवै सदस्यहरु एक साथ भेला हुँदा मेलमिलाप कायम गर्न सकिने भएकाले पारिवारिक बैठक अर्थपुर्ण छ ।
यसकारण भेला घरमै गर्नु पर्छ भन्ने छैन एक साथ कुनै परिकार खाँदैगर्दा वा बनभोज जाँदैगर्दा पनि भेला गर्न सकिन्छ । त्यसको अतिरिक्त लामो यात्रा जादैगर्दा पनि बैठक गर्न सकिन्छ ।बैठक समाप्त भए पछि ताली बजाउने वा एक अर्काेलाई अंगालो हाल्ने गर्नुहोस् त्यसो गर्दाखेरी परिवारजन लाई केही उपलब्धी हासिल भएको महशुष हुनेछ।

त्यसैले सुखी र सम्वृद्ध घरपरिवार हुन भनेको सुखी र समृद्ध समाज र राष्ट हुनु हो यसका लागि घरपरिवार वाट यसको शुरुवात गरौ र हिँसा सहितको घरपरिवार वाट बालबालिका मुक्ती हुने,घरलु हिँसा बन्द हुने,घरपरिवार मेलमिलापको बाटोमा जानुका साथै परिवारले देखेका सपना पुरा हुने मार्गमा जाने निश्चित छ त्यसकारण पनि साप्ताहिक रुपमा भए पनि घरपरिवारलाई समय मिलाऔं, घर परिवारका सदस्यहरुका कुरा सुनौ र सिकाई आदानप्रदान गरौ ।
लेखक:दलति तथा बालअधिकार कर्मी बाले विश्वकर्मा

तपाईको प्रतिक्रिया