Loading... आजः १२ असार २०७९, आईतवार

अखिल क्रान्तिकारी द्वारा कालिकोटमा एमसीसी विरुद्ध विरोध प्रदर्शन

सुर्खेत / अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)सम्झौताको विरुद्ध शनिबार अखिल क्रान्तिकारी कालिकोटले विरोध प्रदर्शन गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भातृ संगठन अखिल क्रान्तिकारीले यो राष्ट्र घाति एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबर-दारी गर्दै विरोध प्रदर्शन गरेको हो ।

उनीहरुले एमसीसी चाहिँदैन,देश बेच्न पाइँदैन लगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लेकार्ड बोकेर जिरो पईन्टबाट प्रतीमाचोकमा गएर कोणसभा गरिएको थियो ।उक्त विरोध प्रदर्शन कार्यक्रममा अखिल क्रान्तिकारी केन्द्रीय सदस्य भिम प्रसाद आचार्य,जिल्ला संयोजक मनसिंह शाही,सचिवालय सदस्य हिक्मत सिंह,खगेन्द्र मल्ल,सुरेश प्याकुरेल,लक्ष्ण बुढा,नरेन्द्र आचार्य,लोकेश पोखेरेल,जनक आचार्य,जलशा बुढा लगाएका विद्यार्थी नेतृत्वको सहभागीतामा विरोध प्रदर्शन गरेका थिए ।