खाँडाचक्र नगर सभापतिमा आचार्य सर्वसहमत निर्वाचित

कालिकोट । जिल्लामा नेपाली कांग्रेसको खाँडाचक्र नगर कार्य समिति सभापतीमा भानुभक्त आर्चाय सर्वसहमत निर्वाचित भएका छन ।

नेपाली कांग्रेस कालिकोटले भाद्र २७ गते गाउँ तथा नगरको अधिवेशन गर्ने निर्णय गरेपनी केन्द्रले ९ गते सारेको थियो । खाँडाचक्र नगरले दिएको समय सिमाभन्दा अगावै सर्वसहमत नेतृत्व चयन गरेको हो।

जिल्लाका अधिकांश स्थानिय तहमा अधिवेशन हुन नसकेको बेला खाँडाचक्र नगरपालिकामा सर्वसहमत आर्चायको सभापतिमा निर्वाचित भएका छन । त्येस्तै उप सभापतीमा इश्वर शाही,सचिवमा धनबहादुर शाही र सह सचिवमा खगेन्द्र पाण्डे, कोषाध्यक्षमा रचेन्द्र शाही लगायत ५६ सदसिय सर्वसहमत नगर कार्यसमिती चयन गरिएको नेपाली कांग्रेस कालिकोटका सह सचिवमा खगेन्द्र पाण्डेले जानकारी दिएका छन ।

तपाईको प्रतिक्रिया