बडुवाल को नेतृत्वमा २७ सदस्यीय एमाले महाधिवेशन कमिटी घोषणा

सुर्खेत/नेपाल कम्युनिस्ट पार्टी एमाले घोडाघोडीले वडा-१० मा पुर्ण बडुवालको अध्यक्षतामा निर्वाचन महाधिवेशन कमिटी घोषणा गरेको छ।आगामी कार्तिक ६,७ मा हुन लागेको वडा स्तरको महाधिवेशन को तयारिका लागि उक्त कमिटी घोषणा गरिएको नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी का सदस्य कृष्ण प्रसाद मिश्र ले जानकारी गराउनु भयो ।आगामी महाधिवेशन लाई भब्य र सभ्य रुपमा सफल पार्न आफुलाइ नेतृत्व दिनुहुने सम्पुर्ण नेता कार्यकर्ता हरुलाइ बडुवाल ले धन्यवाद ज्ञापन गर्नु भयो ।आगामी महाधिवेशन मा बिषेशत: युवा पुस्ता लाई अगाडि सारेर लैजाने र युवा कार्यकर्ता लाई वर्तमान अवस्थाको राजनीतिक परिवेशमा कत्ती पनि बिचलित नभइ नेकपा एमालेको मुलधारमा उभिन सम्पुर्ण नेता कार्यकता लाई आग्रह गर्नु भयो । कार्यक्रम हरिलाल ज्ञवाली को अध्यक्षता सम्पन्न हुनुका साथै कार्यक्रम एमालेका युवा नेता बिरेन्द्र बडुवाल ले संचालन गर्नु भएको थियो।संयोजक पुर्ण बडुवाल,सह संयोजक हरिलाल सुनार,सचिव जगदीश चौधरी,सह-सचिव गिता चौधरी सदस्यहरु देउ सिङ सुनार,टेक बहादुर सुनार,महेन्द्र धामी,मान बहादुर भट्टराई,केवल निरौला,तिलम बडैला,चक्र कठायत,टेक मल्ल,सर्जन साउद,हर्क बहादुर बुढामगर,राजकुमारी चौधरी,पदम बडुवाल,धर्मराज धामी,मिना वास्तोला,टेक राज सोडारी,असोक धामी,विवेक पौडेल,प्रेम चौधरी, वीर बहादुर बडैला,राम प्रसाद भण्डारी,टेक प्रसाई,मंग रली चौधरी,संतोष बुढा रहेका छन्।

तपाईको प्रतिक्रिया