गजल-फौजिलाइ दशै तिहार न आएकै राम्रो बरु।

यो निधारमा सप्तरङ्गी नलाएकै राम्रो बरु ।
फौजिलाइ दशै तिहार न आएकै राम्रो बरु ।

यसपाली’नि अधुरो भो घर जाने मनको रहर,
पाउनु भन्दा यस्तो जीवन नपाएकै राम्रो बरु ।

भन्थे प्रीय! बेहुली झैँ सजाउने छु अर्को दशै,
अब यस्ता रहर मनभरी नछाएकै राम्रो बरु ।

सुन्दा पनि रुन मन लागिहाल्न थाल्यो अचेल,
दशै तिहार भन्दै गीत नगाएकै राम्रो बरु ।

दहिमा टीका मुछी आमा आँसु बगाउनेछिन,
लाग्छ अब मनमा रहर नसजाएकै राम्रो बरु ।।
मदराज शाही ” बिबश अकेला”

तपाईको प्रतिक्रिया