कालिकोट / कर्णाली प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई कालिकोट जिल्लामा नेकपा एकीकृत समाजवादी दलले आज भव्य स्वागत गरेको छ।भोलि हुने पाटीको कार्यक्रम लाई सम्बोधन गर्नका लागि गृह जिल्ला आउनु भएको मन्त्री शाही लाई कम्युनिस्ट पाटीका अग्रज व्यक्तित्व र पाटीका कार्यकर्ताले स्वागत गरेका छन् ।नेकपा एमाले पाटी बिभाजन भए पछि पहिलो पटक गृह जिल्ला आनु भएका मन्त्री शाहीले कालिकोट जिल्लामा नेकपा एकिकृत समाजवादी पाटीको नै बहुमत रहेको र आगामी दिनमा नेकपा एकीकृत समाजवादी पाटीको कालिकोट जिल्ला लालकिल्ला हुने समेत बताएका छन् ।
कालिकोट जिल्लाका तीन स्थानीय तह मध्य खाँडाचक्र नगरपालिका उप-प्रमुख,शुभकालिका गाउँपालिका अध्यक्ष,उपाध्यक्ष,नरहरिनाथ गाउँपालिका अध्यक्ष र बहुमतको वडा अध्यक्ष नेकपा एकीकृत समाजवादी दलमा रहेको युवा नेता चित्रसिंह गाउँले बताए ।
कृषि मन्त्री शाहीलाई गृह जिल्लामा स्वागत
तपाईको प्रतिक्रिया
जीवनराज देवकोटा । ११ भाद्र २०७८, शुक्रबार ००:३४