गजल-राजन अधिकारी ‘आँसु’

जो मान्छे जिन्दगीमा बहुत प्यारो हुन्छ ।
उसलाई पाउन पनि किन अप्ठ्यारो हुन्छ ।

जुन तिमी ,तारा तिमी हौ यो जिन्दगी को
तिमी बिनाको मेरो संसारै अध्यारो हुन्छ ।

जहाँ पानी भर्न बचपनमा झकडा गरिन्थ्यो
आज प्रेम को बिसौनी त्यही पध्यारो हुन्छ ।

छुरा हान्ने गर्धन रेटने मात्र अपराधी हुदैन
दिल रेटेर फ्रहार हुनेपनि ठुलै हत्यारो हुन्छ ।
राजन अधिकारी आँसु

तपाईको प्रतिक्रिया