नेकपा(एकीकृत समाजवादी)कालिकोटद्वारा जिल्ला भेलाको भव्य तयारी

कालिकोट /नेपाल कम्युनिस्ट पार्टी(एकीकृत समाजवादी)ले कालिकोट जिल्लामा अगुवा कार्यकर्ता भेलाको भव्य तयारी गरेको छ ।
६८ सदस्यीय तत्कालीन नेकपा(एमाले) जिल्ला कमिटीको ठूलो हिस्सा सहितको समुहले एकीकृत समाजवादीको भेला तयारी गरेको हो । भोलि भदौ १० र ११ गतेका लागि तत्कालीन पार्टी जिल्ला कमिटीमा रहेका जिम्मेवार नेता र वर्गीय संगठनका जिम्मेवार नेतृत्वका साथै जिम्मेवार जनप्रतिनिधिको उपस्थिति रहने गरी जिल्ला भेला तयारी गरिएको नेता चित्रसिंह गाउँलेले जानकारी गराउनुभयो ।
भेलाको पहिलो दिनमा पार्टीको आगामी कार्ययोजना बारे व्यापक छलफल गरिने र दोस्रो दिन विशेष प्रशिक्षण सञ्चालन हुने उहाँको भनाइ छ । भेलालाई कर्णाली प्रदेशका भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्री कुर्मराज शाही र संविधानसभा सदस्य तुलाराज बिष्ट लगाएतका नेताहरुले सम्बोधन गर्ने भएका छन् । कालिकोटमा नेकपा(एकीकृत समाजवादी)बलियो भएका कारण नेतृत्व तहमा जिम्मेवारी व्यवस्थापन गर्न कठिन भैरहेको र नेकपा(एमाले)का सन्दर्भमा पार्टी कमिटीमा समेट्ने गरि नेता कार्यकर्ताहरु खोजाखोज भैरहेको बताइएको छ ।एमाले केन्द्र र प्रदेश कमिटीका साथै जिल्ला तहका पदाधिकारीहरुले नेकपा(एकीकृत समाजवादी)मा लाग्दै गरेका दर्जनौं कार्यकर्ताहरु लाई थरीथरीका आश्वासन बाँढेर आफ्नो पार्टीमा लाग्न पिछा गरेपनि कुनै प्रभाव पार्न नसकेको बताइएको छ ।

तपाईको प्रतिक्रिया