कालीकाेट/ जिल्लाकाे रास्काेट नगरपालिका वडा-३ एक महिला सुत्केरी हुन नसक्दा हेलिकाेप्टर द्वारा उद्वार गरिएकाे छ । मगलवार सुत्केरी ब्याथा लागेपछि सेराचाैर स्वास्थ्यचाैकिमा भर्ना गरियाे,त्यहाँ पनि सुत्केरी हुन नसक्दा रास्काेट अस्पताल रेफर गरिएकाे थियाे । रास्काेट अस्पताल समेत सुत्केरी गराउन नसकिने भन्दै स्वास्थ्यक्रमीले अन्यत्र लैजान भनेपछि नेपाली सेनाकाे हेलिकाेप्टर मार्फत सुर्खेत लगिएकाे छ । नगरकाे वडा-३ कि सँगिता सार्किलाई उद्वार गरिएकाे हाे । सगिताकाे याे पहिलाे गर्भ हाे । ब्याथाले च्यापेपछि हेलिकाेप्टर वाेलाउनु परेकाे जिल्ला प्रशासन कार्यलय कालीकाेटले जनाएकाे छ । प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले रास्काेटका उपप्रमुखले आफुलाई खवर गरेलगतै हेलिकाेप्टरकाे ब्यवस्था गरेर महिलाकाे उद्वार गरिएकाे पुष्टि गर्नु भयाे । स्थानिय शिक्षक देवराज चाैलागाईले रास्काेटका उपप्रमुख, प्रमुख जिल्ला अधिकारी सबैकाे जाेडले गरिव परिवारकि महिलाकाे हेलिकाेप्टरवाट उद्वार भएकाे वताउनुभयाे । उहाँले पहिला पहुचवालाहरूका लागि मात्र प्रयाेग हुँदै आएकाे हवाई उद्वार सेवा अब गरिवका लागि पनि भएकाे वताउनुभयाे । रास्काेटका उपप्रमुख मिम्सरा बम काठमाण्डाैमै भएकाले पनि संगिता सार्कीकाे छिटाे उद्वार भएकाे हाे । कालीकाेटवाट प्रजिअकाे जाेड र काठमाण्डाैमा उपप्रमुख भएकाले समन्वय गर्न सहज हुदा समयमै महिलाकाे उद्वार गरिएकाे पाईएकाे छ । सगिताका श्रीमान जङगे सार्किले सबैकाे सहयाेगले आफ्नाे श्रीमतीकाे ज्यान जाेगिने आसा गरेकाे वताउनुभयाे ।
प्रसव पिडाले छटपटाएकी सँगिताकाे उद्वार
तपाईको प्रतिक्रिया
दियो खबर । ९ भाद्र २०७८, बुधबार १९:५३