कालिकोट/जिल्लाको खाँडाचक्र नगरपालिका वडा-६ दाहाको गोराल बाडामा १६ बर्षिय बालिकाको शव मकैबारीमा भेटिएको घटनाको अनुसन्धान गरी दोषिलाई कार्बाही गर्न नेकपा माओवादी केन्द्र निकट भातृ संगठन अखिल क्रान्तिकारी र वाइसीएलले सत्य तथ्य छानबिन गरि दोषीलाई कार्वाही गर्ने जोड्दार माग गरीएका छन्।
बुवा रत्ने विक की१६ बर्षिया छोरी निरु विश्वकर्माको शव गएको भाद्र ७ गते आफ्नै घर नजिक मकैबारीमा फेला परेको थियो। जुन घटना बलात्कार पछि हत्या भएको आशंका गरिएको हुदा घटनामा संलग्न दोषिलाई कार्वाहीको माग प्रेस बिज्ञाप्ति निकालेका छन्।
जीवनराज देवकोटा । ९ भाद्र २०७८, बुधबार १३:२५