१० बुँदेको कुनै औचित्य नरहेको नेता पराजुली

सुर्खेत /नेकपा एकीकृत समाजवादी निकट विद्यार्थी नेता सुदेश पराजुलीले एकताका लागि भनिएको १० बुँदेको कुनै औचित्य नरहेको बताएका छन् । सामाजिक संजालमा एक स्टाटस पोष्ट गर्दै उनले १० बुँदेको कुनै औचित्य नरहेको र त्यो जगमा एकता सम्भवसमेत नरहेको बताए ।

जसरी एकताको नाममा अवसरवाद् देखा परेको छ, त्यसले समस्या झन बल्झिएको उनको तर्क छ । आफूहरुको लडाईँ पदीय व्यवस्थापनका लागि थियो या प्रतिगामीलाई परास्त गर्नु थियो भन्ने कुरा पुष्टि गर्नुपर्ने उनको तर्क छ ।

अहिलेको एकता राप जपिरहेकाहरुले यदि १० बुँदे सहमतिकै जगमा अघि बढ्न खोजेको हो भने सर्वोचच अदालतको फैसल बेठिक थियो भन्ने आँट गर्नुपर्नेसमेत उनले बताए ।

उनले एकताको नाममा अगुवाइ गरिरहेकाहरुलाई प्रश्न गर्दै भनेका छन् – पटक–पटक संसद विघटन ठिक हो भन्ने आँट छ ? यसको उत्तर दिनुपर्दैन ?’

ईतिहास साक्षी रहेको भन्दै उनले यसको गतिलो उत्तर आम जनताले दिने भन्दै आफूहरुले भनेको प्रतिगामसँग सम्झौता गर्न अहिले नै बाध्यत्मक अवस्था नआएको बताए ।
यस्तै उनले भनेका छन् – ‘ के सैद्धान्तिक विषयवस्तुमा सम्झौता भयो, जस्ले हामिले विगतमा उठाउँदै आएको बैचारिक सैद्धान्तिक बहसलाई समाधान गर्यो ?

माधव नेपालको साथ छाडेकाहरुप्रति असन्तुष्टि जनाउँदै उनले उनीहरुले नै सडकमा उभिएर भनेको प्रतिगमनको पैतालो मुनि बस्नु राजि हुनुवाहेक यो केहि हुनै नसक्ने बताएका छन् । एकताको नाममा नयाँ अवसरवादको नौलो रुप मात्र बालकोट यात्रा रहेको उनले भनेका छन् ।

तपाईको प्रतिक्रिया