सुर्खेत। कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरकाे खुला चौरमै बालिकामाथि सामूहिक बलात्कार भएको छ । वीरेन्द्रनगर नगरपालिका १२ नेवारेको खुला चौरमा शुक्रबार राती १२ वर्षीया बालिकामाथि दुई जना युवाले सामूहिक बलात्कार गरेको खुलेको हो ।
बलात्कार घटनालगत्तै सूचना पाएको प्रहरीले बलात्कार गर्ने दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुम्लाको सर्केघाट गाउँपालिका ७ का १९ वर्षीय प्रकाश जैशी र सोही ठाउँकै २० वर्षीय रामकृष्ण जैशी छन् । वीरेन्द्रनगर नेवारेमा बस्ने उनीहरुलाई शुक्रबार राती प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुले ती बालिकालाई ललाई फकाई वीरेन्द्रनगर नेवारेस्थित खुल्ला चौरमा लिएर बलात्कार गरेको पाइएको हो । बलात्कार भएको सूचना पाएलगत्तै अस्थाई प्रहरी पोष्ट सहकारी चोकबाट र नगर प्रहरी कार्यालय वीरेन्द्रनगरबाट खटिएको प्रहरी टाेलीले दुवै जनालाई पक्राउ गरी हिरासतमा राखेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले नेपाली रैबारलाई जानकारी दिए ।
यो समाचार नेपाली रैबारबाट
दियो खबर । ५ भाद्र २०७८, शनिबार २२:४३