सल्यान बसाइँ सरेका राउटे फेरि सुर्खेत फर्किए

सल्यान /केही महिनाअघि सुर्खेतबाट सल्यान बसाइँ सरेका राउटे समुदाय फेरि सुर्खेतमै फर्किएका छन् । सल्यानको कालिमाटी गाउँपालिका वडा नम्बर ५ काल्चेमा गएको असार महिनामा आएका राउटे समुदाय शुक्रबार फेरि सुर्खेत फर्किएका हुन् ।

यो जातीमा बुधबार ७ वर्षीया एक बालिकाको मृत्यु भएपछि पुनः सुर्खेत फिर्ता भएको राउटे वस्तीमा खटिएका सामाजिक सेवा केन्द्र (सोसेक) दैलेख जोडी शिक्षक लालबहादुर खत्रीले  बताए । उनकाअनुसार सल्यान र सुर्खेतको सिमान नजिकै गुर्भाकोट नगरपालिका वडा नम्बर १ मा राउटे समुदाय बसाइँ सरेका छन् ।

असारमा सल्यान आएका उनिहरु पहिले काल्चे डाँडोमा बस्थे । त्यहाँ बस्दा एक महिनाको अन्तरालमा एक बच्चा सहित ३ जनाको मृत्यु भएपछि उनिहरु काल्चे डाँडोबाट काल्चे खोलाको छेउमा सरेका थिए ।

काल्चे खोलामा सरेको केहिदिन पछि बुधबार ७ वर्षीया बालिकाका मृत्यु भएपछि शुक्रबार उनिहरु त्यहाँबाट बसाइ सरेर डाँडो पल्लपट्टी रहेको सुर्खेत गुर्भाकोट नगरपालिकाको १ नम्बर वडामा सरेका हुन् ।

शिक्षक खत्रीले लेकाली अनलाइनसँग भने, ‘मान्छे मर्न वित्तिकै अशुभ भनेर बसाइ सर्ने उनिहरुको संस्कार हुने रहेछ । त्यसैले उनिहरु जिल्लाको सिमाना नजिकै गएका छन् ।’ उनिहरुले एउटा ट्याक्टर मगाएर पाँचरछ टिपमा सामान सहित मान्छे सरेका थिए ।

सल्यान आउँदा १ सय ४४ जना रहेका राउटे समुदायमा ४ जनाको निधन भएपछि अब १ सय ४० जना रहेको शिक्षक खत्रीले बताए ।

राउटे समुदायको संरक्षण, स्वास्थ्य हेरचाह र शिक्षाका लागि सामाजिक सेवा केन्द्र ९सोसेक० दैलेख जोडी शिक्षक खत्रीसहित उनको श्रीमती दुर्गा खड्का ‘खत्री’ र अहेब विनोदकुमार विसीलाइ बस्तीमै परिचालन गरिरहेको छ ।यो समाचार अनलाइन तहल्का बाट

तपाईको प्रतिक्रिया