सुर्खेत / उत्तम शान्ति पुरस्कार बाट रागात्मक मानवीय अनुभुतिलाई चुस्त शैलीमा अभिव्यक्ति गरिएको “मेरो अपहरण”पुस्तक लेखक कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही सम्मानित भएका हुन्।
कालिकोट जिल्लामा नेकपा एमाले भातृ संगठन अनेरास्ववियुको अध्यक्ष नेतृत्व गर्दै पाटी सचिव ,दुईपटक पाटी अध्यक्ष ,२०७० सालको निर्वाचनमा झिनो मत अन्तरले पराजित ,२०७४ सालको निर्वाचनमा कालिकोट जिल्ला क्षेत्र ‘क’बाट अत्यधिक बहुमत ल्याएर विजयी भएका शाही लाई काठमाडौंमा २०७६ उत्तम शान्ति पुरस्कार सम्मानित भएका हुन् ।
तत्कालीन जनयुद्धको बेला नेकपा माओवादी केन्द्रबाट २०६० सालमा साविकको मेहेलमुडि गा.वि.स हाल शान्नित्रिवेणी गाउँपालिकामा नेकपा एमालेको पाटी विस्तार गर्न जाने क्रममा कुर्मराज शाही संगै नेता कार्यकर्ता लाई अपहरण गरिएको आफ्नो राजनितीक यात्राका कालखण्ड लाई मेरो अपहरण नाम पुस्तक मार्फत आफ्नो शव्द लेख्नु भएको छ।
उत्तम कुवर स्मारक पुरस्कार गुठीले प्रदान गर्ने एक लाख राशि बाट सम्मानित भएका हुन् । भुमि व्यवस्थाप कृषि तथा सहकारी मन्त्री शाहीका प्रेस सल्लाहकार नन्दकृष्ण अधिकारीले दियो खबर संग बताए ।
तुलराज पाण्डे । ५ भाद्र २०७८, शनिबार २१:४९