टाउकोमा कालो फेटा बाँधेर अनेरास्ववियूको भण्डाफोर

कालिकोट /सरकारले ल्याएको राजनीतिक दल सम्बन्धी अध्यादेशको विरोधमा एमाले निकट विद्यार्थी संगठनले आज पनि विरोध जारी राखेको छ ।

अनेरास्ववियू कालिकोट जिल्ला कमिटीको आयोजनामा दल विभाजनलाई प्रोत्साहन गर्न अध्यादेश ल्याइएको भन्दै त्यसको विरुद्ध राके जुलुस ,भण्डाफोर गर्न आव्हान गर्दै सडकमा उत्रिएका छन् ।
टाउकोमा कालो फेटा बाँधेर उनीहरूले अध्यादेशविरुद्ध भण्डाफोर सभा समेत गरेको अनेरास्ववियुका संयोजक धर्म बहादुर शाहीले दियो खबर लाई बताए ।

तपाईको प्रतिक्रिया