खुल्ला मञ्चमा थुप्रेको फोहोर उठाउन सुरु

कालिकोट । सरकारी कार्यालयकै अगाडी थुप्रेको फोहोर उठेन भनेर सम्बन्धित निकायहरुको ध्यानाकषर्ण भएपछी जिल्ला समन्वय समितिका प्रमुख, नेपाल पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज विष्ट र तिव्रीकोट फुटबल क्लवको पहलमा थुप्रेको फोहोर उठाउन सुरु गरिएको छ ।

तिब्रीकोट फुटवल क्लव कालिकोटले शुक्रवार जिल्ला समन्वय समितिको गेटैमा रहेको खुल्ला मञ्च अगाडि फोहोरको डंगु रहुन वाट बचाउन आज सरसफाई कार्यक्रम गरेको हो ।

क्लवका अध्यक्ष सुरेश कुमार बमको अध्यक्षतामा खुल्ला मञ्च सरसफाई मात्र नभएर मञ्चको रङ रोगन पनि गर्ने काम भएको छ । अध्यक्ष बमका अनुसार खुल्ला मञ्चमा भएको फोहोर नगरपालिका र वडा पालिकाकले सरसफाई गर्नु पर्नेमा आफ्नै क्लवका भाई बहिनिहरुको सक्रियतामा शुक्रवार सरसफाई कार्यक्रम गर्नु परेको बताए ।

जिल्लाकै एकमात्र खुल्ला मञ्च फोहोरको डंगुर भएको समाचार दुई दिन अगाडि मात्र मिडियामा आएको थियो सोही समाचारका आधारमा आज सामाजिक कार्यमा सक्रिय क्लवका अध्यक्ष लगाएत सदस्यहरुको सक्रियतामा सरसफाई कार्यक्रम भएको हो ।

उक्त सरसफाई कार्यक्रममा जिल्ला समन्वय समिति कालिकोटका प्रमुख अनिपाल शाहीले आगामी दिनमा उक्त फिल्ड संरक्षणका लागी जिल्ला समन्वय समितिले विशेष पहल चाल्ने कुरा समेत बताउनु भयो ।

उक्त सरसफाई कार्यक्रममा पत्रकार महासंघ कालिकोटका अध्यक्ष भरतराज बिष्ट, जिल्ला खेलकुद विकास समिती कालिकाेटका सदस्य सचिव हरी बहादुर शाही, तिव्रीकोट फुटबल क्लवका सचिव सागर शाही,कोषाध्यक्ष विनाेद शाही,विद्या भारती, तरुण दलका युवा नेता शोदेस शाही, कांग्रेसका युवा नेता दमन शाही, हाम्रो कर्णाली खबर दैनिकका कर्णाली प्रदेश ब्युरो जीवन राज देवकोटा, निडर कर्णाली न्यूजका प्रबन्धक/अध्यक्ष पवन बम, लगायतका पत्रकारहरुको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया