कालिकोट/ नेकपा एकीकृत समाजवादी पार्टीका नेता तथा पूर्व नेपाल समूहका जिल्ला कमिटी उप-सचिव कमल बहादुर शाहीले नेकपा एकीकृत समाजवादी पाटी कालिकोटमा झन बलियो बन्ने दावी गरेका छन् ।
शुक्रबार दियो खबर संग विषेश कुराकानीमा नेता शाहीले सो कुराको दावी गरेका छन् । यस अघि कालिकोटमा नेकपा एमाले नेपाल समुहको नै जिल्ला कमिटीमा बहुमत रहेको छ। नेकपा एमालेमा लामो समय देखि राजनिती गर्दै आएका कालिकोट जिल्लाका कम्युनिस्ट आन्दोलनका अगुवा क.तुलाराज विष्ट, कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाही ,उपाध्यक्ष रमेश कुमार शाही ,सचिव चित्र सिंह गाउँले को टिम नेकपा एकीकृत समाजवादीमा नै रहेको उप-सचिव शाहीले बताए । कालिकोटमा सवै नेता तथा कार्यकर्ताहरु झन एकढिक्का भएर नेकपा एकीकृत समाजवादी पार्टीमा संगठित भएर लाग्ने बताएका छन् ।
कालिकोटमा तत्कालिन एमालेको नेपाल समूहको समानान्तर कमिटीको जिल्ला अध्यक्ष बनेका विश्वराज बम सहित आफुहरु कालिकोटमा नेकपा एकीकृत समाजवादी पार्टी निर्माणको विषयमा एकमत रहेको समेत नेता शाही ले बताए ।
मान्छेहरु नयाँ चिजहरु रोज्छन् । नयाँ बाटोमा आउँछन् । समाजवादको बाटो नेकपा एमालेको ओली समूहले विराएकोले असली कम्युनिष्टहरु माधव नेपालले दर्ता गरेको दल नेकपा एकिकृत (समाजबादी) पार्टीमा एकपछि अर्को गर्दै क्रमशः आउनेछन् उनले भने ।
नेकपा एमालेको ९ औं महाधिवेशनले आत्मसाथ गरि अघि बढ्ने भनिएको समाजबाद लाई ओली समूहले विस्थापित गर्दै लगेको आरोप समेत नेता शाहीले लगाएका छन् । समाजबादको संरक्षण गर्दै समग्र नेपालको कम्युनिष्ट आन्दोलनलाई सफल बनाउनकै लागि माधव नेपालको नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी स्थापना भएको उनको दावी छ ।
तुलराज पाण्डे । ४ भाद्र २०७८, शुक्रबार १०:३८