कालिकोट / नेकपा माओवादी केन्द्र निकट भातृ संगठनहरु अखिल ( क्रान्तिकारी ) र वाइसीएल नेपालको प्रथम महाबै गाउँपालिका सम्मेलन सम्पन्न भयको छ । अखिल (क्रान्तिकारी ) महाबै गाउँपालिका को अध्यक्षमा राजेन्द्र बहादुर शाहिको नेतृत्वमा २५ सदस्यीय कमिटी गठन गरिएको छ ।
नेकपा माओवादी केन्द्र निकट भातृ संगठन वाइसीएल नेपाल महाबै गाउँपालिकाको अध्यक्ष प्रकाश शाहि को नेतृत्वमा ३५ सदस्यीय कमिटी गठन गरिए अखिल क्रान्तिकारी कालिकोट जिल्ला सचिवालय सदस्य सुरेश प्याकुरेलले जानकारी गराए । अखिल (क्रान्तिकारी ) केन्द्रिय कमिटी सदस्य भिम प्रसाद आचार्यको प्रमुख आतिथ्यता नेकपा माओबादी केन्द्र कालिकोटका सचिबालय सदस्य युवा नेता खेम बहादुर सिंह (भिजन) को विशेष आतिथ्या, अखिल (क्रान्तिकारी)कालिकोटका जिल्ला संयोजक मनसिंह शाही वाइसीएल नेपाल कालिकोटका सह सयोजक हस्त शाही(भाष्कर ), अखिल क्रान्तिकारी कालिकोट जिल्ला सचिवालय सदस्य हिक्मत सिंह लगायतका विद्यार्थी ,युवा नेताको उपस्थितमा महाबै गाउँपालिकाको प्रथम सम्मेलन सम्पन्न भएको हो ।कार्यक्रम विशेष अतिथि युवा नेता सिंहले नयाँ आएको नेतृत्व लाई बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिएका छन् ।नेपालको इतिहासमा राजनीतिमा जे परिवर्तन हुन्छ त्यो नेकपा माओवादी केन्द्रको नेतृत्वमा हुन्छ र त्यसको भातृ संगठनहरुले पनि पाटी लाई चलायमान गति दिने भएकोले यसको महत्त्वपूर्ण भुमिका रहने समेत बताए ।
दियो खबर । ३ भाद्र २०७८, बिहीबार २२:३१