खेलाडी उत्पादन गर्ने मैदानमा गोरुको रजाइँ

कालिकोट जिल्लाको जिल्ला समन्वय समितिको खुला मन्चमा गोरु चौपायाले यसको अवस्था नै नाजुक गरेको समाजिक संजालमा आएको छ ।

जिल्लाका सरोकारवाला निकाय भने बेखबर बनेका छन् ।खाँडाचक्र नगरपालिका वडा-१ भित्र पर्ने खुल्ला मञ्च को अवस्था यस्तो देख्दा सामाजिक संजाल नै रङ्गिचङ्गि भएको छ। प्रत्येक बर्ष मर्मत सुधार भनेर काम गरेपनि यसको संरक्षण गर्न नसक्नु सरोकारवाला र स्थानीय तहको ठुलो कम्जोरी भएको नेपाली काँग्रेसका युवा नेता दमन बहादुर शाहीले बताए ।
जिल्ला सदरमुकाम मान्ममा बनेका सरकारी संरचनाको अवस्था यस्तो छ भने गाउँमा रहेका दुरचराजमा बनेका संरचनाको अवस्था कस्तो होला भन्ने प्रश्न उठ्न थालेका छन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि गोरु चौपाया को जात्रा लाग्ने गरेको छ।
स्थानीय तहको क्षेत्र अधिकार भित्र पर्ने भए पनि यसको लागि कुनै नीति र व्यवस्था नगरि बर्षनी कमाइ खाने भाडो बनाएको युवा नेता राजकुमार परियारले बताए ।

खाँडाचक्र नगर प्रमुख जसि प्रसाद पाण्डे लाई सम्पर्क गर्न खोज्दा फोन नउठ्दा तथ्य कुरा ल्याउन लाई समस्या भएको छ-बाँकि नगर प्रमुख संग सम्पर्क भएपछि तथ जानकारी गराउने छौँ ।
तस्बिर :खाँडाचक्र नगरपालिका वडा-२ का युवा खेलाडी सुमन बहादुर शाहीको फेसबुक बाट साभार गरिएको हो

तपाईको प्रतिक्रिया