कालीकाेट/नेपाल कम्युनिस्ट पाटी एमालेका वरिष्ठ नेता तथा२०६४ सालको संविधान सभा सदस्य माननिय तुलाराज विष्टलाई गृह जिल्ला कालीकोटमा भव्य स्वागत गरेका छन् । गत असार ७ गते धादिङ जिल्लाको सिम्ले भन्ने स्थानमा सवारी दुर्घटनामा परि घाईते भएका विष्ट पूर्णरुपमा सन्चो भएर गृह जिल्ला कालीकोट आएका छन्। उनलाई कालीकोट जिल्लाबासीले मान्ममा बाजागाजा सहित भव्य स्वागत गरेका छन् ।
गृह जिल्ला कालीकोटबाट काठमाडौं जाने क्रममा अचानक सवारी दुर्घटनामा परि विष्ट गम्भीर घाईते हुनुभएको थिए । करिव एकवर्षको उपचार पछि पूर्ण रुपमा निको भएर जिल्ला आएपछि जिल्लाबासीले फुलमाला र खादा सहित सम्मान तथा स्वागत गरेका हुन् । ठुलो सवारी दुर्घटनामा परि मृत्युलाई जितेर गृह जिल्ला पुगेका विष्टलाई बाजागाजा सहित होटल कोटदरबार बाट विष्ट निवाससम्म पु¥याइएको छ । नेपालको संविधान निमार्णमा महत्वपूर्ण भुमिका निर्वाह गरेका विष्टले कालीकोटको विकासका लागि ठुलो योगदान पु¥याएका छन् ।राष्ट्रिय प्रशारण लाईनसंग जिल्लाको विकासका लागि विष्टको योगदान उच्च रहेको छ ।
गृह जिल्लामा विष्ट लाई भव्य स्वागत
तपाईको प्रतिक्रिया
तुलराज पाण्डे । ३ भाद्र २०७८, बिहीबार ०६:५१