नेपालको इतिहासमा फुट्को राजनीति धेरै टिक्दैन्

आरती भट्टराई /नेपालको राजनीतिक इतिहास हेर्ने हो भने हुन त म एमालेको कार्यकर्ता मात्रै हुं कुनै बिष्लेसक होइन,तरपनी अध्ययनको आधारमा इतिहास लाई स्मरण गर्ने हो भने पार्टी फुटबाट कसैको राजनीतिक बैचारिक हित भएको छैन,२००७ सालपछि नेपालमा राजनीतिक दल स्थापना भएर अगाडि बढ्दा ती दलबाट बिभाजन भएर गएका कुनै पनि पार्टी टिकेका छैनन् ।

नेपाल को इतिहासमा कांग्रेसमा मातृकाप्रसाद कोइरालाको राष्ट्रिय प्रजा पार्टी होस् या पछि मोहनविक्रम सिंहका विभिन्‍न समूह हुन् कुनै टिकेनन, नेपाली कांग्रेस प्रजातान्त्रिक खोलेर गएका शेरबहादुर देउवा अहिले मूल पार्टीमा फर्केर सभापति भएको कुरा हामिलाई अवगत नै छ ।

नेपालको इतिहासमा जनयुद्ध लडेर आएका पुष्पकमल दाहाल प्रचण्ड बाट फुटेर नयाँ पाटी गठन गरेका विप्लव ,वैद्य,भट्टराई लगाएतका सबैको अवस्था दयनीय छ,एमालेबाट फुटेर गएका वामदेव गौतम पुनः एमालेमा फर्कनुभएकै हो।

संगलो पार्टीलाई निहित स्वार्थका निम्ति विभाजित गर्ने सोच कसैको नहुनुपर्ने हो किनकि सबैको यसमा संघर्ष र पसिना मिसिएको छ,बिगतदेखी आजसम्म भएको फुटबाट नेकपा एमालेभित्र रहनुभएका सम्पुर्ण नेताकार्यकर्ताले पाठ सिकेर अगाडि बढ्नुको विकल्प छैन,इतिहासले धेरै ब्यक्तिलाई कलंकको टीका लगाईसकेको छ, आजको फुटले फेरि केहि लाई कलंकित गर्य पनि एक दिन माधव कुमार नेपाल पनि फेरि नेकपा एमाले मुल धारमा नै आउने छन् ।

लेखक आरती भण्डारी अनेरास्ववियु केन्द्रीय कमिटी

तपाईको प्रतिक्रिया