दैलेख अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा केन्द्रित छु : मन्त्री थापा

दैलेख/कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री अम्मर बहादुर थापाले आफुले दैलेख अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको जनशक्ति व्यवस्थापनमा ध्यान केन्द्रित गर्ने बताएका छन् । दैलेख अस्पतालमा गम्भीर बिरामी राखिने एचडियू (हाई डिपेन्डेन्सी युनिट) उद्घाटनका लागि दैलेख आएका मन्त्री थापाले अस्पतालमा विशेषज्ञ चिकित्सकहरु र अन्य जनशक्ति व्यवस्थापन गर्न आफु केन्द्रित रहने बताएका छन् ।
मन्त्री थापाले अबको दुई बर्षभित्र दैलेख जिल्लाको स्वास्थ्य क्षेत्रहरु सबै व्यवस्थित भईसक्ने समेत बताए । ‘१५ शैयाको अस्पतालमा हाल ५२ बेडसम्म सञ्चालन भईरहेको मैले जानकारी पाएँ,’ मन्त्री थापाले भने ‘अस्पतालमा सय बढि बिरामीहरुले एकै पटक उपचार पाउनु सुखद् हो ।’ दैलेख अस्पताल ५० शैयाको स्तरोन्ती भयो भने जिल्लाबासीलाई स्वास्थ्य उपचारमा अझ सहज हुने मन्त्री थापाको भनाई थियो । कोरोना महामारीको समयमा निर्माण थालिएको आइसोलेसन वार्डलाई अस्पताल हाताभित्रै बनाउने प्रयास गर्दा गर्दा नसकिएको मन्त्री थापाको भनाई थियो ।

संघीय सरकारको ३ करोड १२ लाख ७० हजार मध्ये ठेक्का प्रक्रिया मार्फत २ करोड ८० लाखको लागतमा सबै सामग्रीहरु खरिद गरेर २५ बेडको एचडियू (हाई डिपेन्डेन्सी युनिट) सञ्चालनमा ल्याईएको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले बताए । २५ बेड मध्ये ५ बेड आइसोलेसन बार्ड र २० बेड अस्पतालमै जडान गरिएको छ । अब सामान्य बेडमा उपचार सम्भव नहुने बिरामीलाई एचडियू (हाई डिपेन्डेन्सी युनिट)मा राखेर उपचार गरिने दैलेख अस्पतालका डा. जगत थापाले बताए ।

नारायण नगरपालिकाका प्रमुख रत्नबहादुर खड्काको अध्यक्षतामा आयोजित एचडियू (हाई डिपेन्डेन्सी युनिट) उद्घाटन कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद देवकोटा, डिएसपी अनुपम श्रेष्ठ लगाएतको उपस्थिती रहेको थियो ।यो साचार सुशासन खबर

तपाईको प्रतिक्रिया