कालिकोट/युवा उद्धमी तथा समाजसेवी टेकराज काफ्लेको लगानीमा ऐतिहासिक पर्यटकीय तथा धार्मिक क्षेत्र महावै स्थानको परिषर निर्माण भएको छ । दैलेख जिल्लाको महावु गाउँ पालिका र कालिकोट जिल्लाको महावै गाउँ पालिकाको विचमा पर्ने संसारकै शक्तिपिठ मध्येको एक महत्वपूर्ण धार्मिक स्थल महावैको स्तुपा अगाडिको पिढी तथा पटाङ्गिनी क्षेत्र निर्माण गरिएको हो ।
कालिकोट जिल्ला साविक ओदानकु १ ओदा निवासी महावै देवताका मुख्य पुजारी स्वर्गिय दिपक प्रसाद काफ्ले ( शंकलाल)का कान्छा सुपुत्र टेकराज काफ्ले हाल सुर्खेत लाई कर्मथलो वनाएर त्रिवेणि महावै कन्ट्रक्सन प्रा. लि. मार्फत निर्माण व्यवसाय सन्चालन गर्दै आउनु भएको छ ।
मुख्य पुजारी दिपकप्रसादको देहावसान पछि जेष्ठ सुपुत्र प्रभानन्द काफ्ले हाल मुल पुजारी हुनुहुन्छ । उहाँका माईला र साईला सुपुत्र क्रमस लक्ष्मी प्रसाद काफ्ले र डिल्ली प्रसाद काफ्लेको सहायता बाट टेकराजले महावै क्षेत्र भित्रको सिंढी तथा गढी निर्माण गर्नु भएको हो ।
सन्तानेश्वर महादेवको रुपमा चिनिएको एक विशाल धार्मिक स्थल महावुमा बर्सेनि जनै पूर्णिमा भन्दा अघिल्लो चतुर्दशिको दिन एक ठूलो मेला लाग्ने गर्दछ । सो मेलाको दिन कालिकोट, दैलेख , सुर्खेत, जाजरकोट लगायत विभिन्न जिल्लावाट श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने गरेको टेकराज काफ्ले बताउनु हुन्छ । ऐतिहासिक क्षेत्रमा राज्यको संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको ध्यान नपुगेकोले आफ्नो अतिरिक्त लगानी सँगै विभिन्न सहयोगी मनहरुबाट स्वेच्छिक सहयोग लिएर निर्माण गरेको वताउनु भएको छ । युवा व्यवसायी तथा समाजसेवी काफ्लेका अनुसार युनिक हार्ड्वेयर प्रा लि विरेन्द्र नगर ३ का प्रोपाईटर वालकृष्ण हमाल चालिसे रु. १० हजार, महावै २ कालिकोट निवासी नेत्र प्रसाद काफ्ले रु. ५ हजार , कपिल जंङ्ग काफ्ले रु. ५ हजार, महावै गा पा ५ गेला निवासी भीम प्रसाद उपाध्याय रु. ५ हजार नगद प्राप्त भएको छ । त्यसैगरी लक्ष्मी प्रसाद काफ्लेले ६ दिन, डिल्ली प्रसाद काफ्लेले ६ दिन , नारायण नगरपालिका १० दैलेख निवासी विश्वबन्धु काफ्लेले ६ दिन, हरिप्रसाद काफ्लेले ३ दिन, आशाराम तिवारीले १ दिन, सुकिराम ढकालले १ दिन र सोही वडा नं. ४ का रविन्द्र शर्माले १ दिन श्रमदान गर्नु भएको छ । राज्यको नजरवाट छुटेको यस ऐतिहासिक स्थलको संरक्षण, विकास र सम्बर्द्धन हुन नसकेकोहुदा आफुहरुले योगदान गर्नु परेको सहयोगी दाताहरुको भनाई रहेको छ ।
युवा उद्धमी काफ्लेद्वारा महावै परिषर निर्माण
तपाईको प्रतिक्रिया
दियो खबर । २ भाद्र २०७८, बुधबार १४:३८