सांसद उपाध्यायको सालिक वनाउन माग

कालीकोट । जिल्लामा पुर्व माननिय धर्मदत्त उपाध्यायको सालिक वनाउन नागरिक स्तरवाट आवाज उठेको छ ।
कालीकोटका नागरिकलाई हामी कालीकोटका हौ भनेर भन्ने अधिकार दिलाउने पुर्व सासद धर्मदत्त उपाध्यायको जिल्लामा सालिक हुनु पर्ने आवाज उठेको हो । कालीकोटका धिरवहादुर शाहीले कालीकोट जिल्लाको नामाकरण गर्ने जुम्ला संग लढेर जिल्ला छुटाएर ल्याउने ब्यक्तिको सालिक अनिवार्य हुनु पर्ने वताउनुभयो ।
उहाँले उपाध्याय संगै हिन्दुरास्टका गुरु योगी नरहरीनाथको पनि हुनु पर्ने वताउनुभयो । धर्मका हिसावले योगी नरहरीनाथ र जिल्लाको स्थापना गरेको नाताले उपाध्यायको सालिक अनिवार्य रहेको शाहीको तर्क छ । शाहीले ठाउँ ठाउँमा मन्दीर वनाउने र रकम दुरुपयोग गर्नु भन्दा जिल्ला स्थापना गर्ने माननिय धर्मदत्त उपाध्यायको सालिक वनाउन तर्फ स्थानीय तथा प्रदेश सरकारले ध्यान दिनु पर्ने वताउनुभयो ।
२०३० सालमा कालीकोट रास्कोटका धर्मदत्त उपाध्याय जुम्ला जिल्लाकै हैसियतमा माननियमा निर्वाचित हुनु भएको थियो । त्यस पछि जुम्ला र त्रिवृकोटको नाममा बिवाद हुदा २०३३ सालमा कालीकोट जिल्ला स्थापनाका लागि जुम्लाका भिमप्रसाद श्रेष्ठ र हरिस्चन्द महतले मानयिन उपाध्यायलाई सात दिएको इतिहासकारहरुको भनाई छ । भिमप्रसाद श्रेष्ठ हालका कणर्ाली प्रदेश सरकारका उर्जा मन्त्री दिलवन्दु श्रेष्ठका वुवा हुनुहुन्छ ।
उहाँहरुको सहयोगमा उपाध्यायले सबै प्रक्रिया पुरा गरी २०३२ सालमा कालीकोट जिल्ला घोषणा भएको थियो भने सेवा सुचारु २०३४ सालमा कालीकोटवाट गराउन सफल हुनु भएको थियो । हाल वाजुराको जुकोट देखि कालीकोटमा परेपनि पछि सबै क्षेत्रको भौगोलिक मापन गर्दा जुकोट वाजुरामा समावेस भयो र कालीकोट जिल्ला खाँडाचक्रमा स्थापना भएको थियो ।
माननिय उपाध्यायले कालीकोट जिल्ला वनाउन गरेको योग्दानको कदर गदै जिल्लाको मुख्य चोकमा सालिक वनाउनु पर्ने जोडदार माग उठेको छ । रास्कोटका वलप्रसाद उपाध्यायले जसको सालिक हुनु पर्ने हो उसैको सालिक नभएर जिल्लामा धर्मका जानकार योगी नरहरीनाथको सालिक भएको वताउनुभयो । उहाँले गरेको योग्दानको पनि सम्मान हुनु पर्छ धर्मगुरुको धार्मिक स्थलमा सालिक हुनु पर्ने र राजनितिज्ञको जिल्लाको मुल चोकमा सालिक हुनु पर्ने वताउनुभयो ।
पुराना जानकारिहरुले कालीकोटमा धर्मदत्त उपाध्यायको सालिक अनिवार्य वनाउन माग गरेका छन भने उनिहरुले यदी सहज माग पुरा वर्तमान सरकारले नगरेमा आन्दोलन गर्ने चेतावनी समेत दिएका छन ।
सबिधान सभा सदस्य तुलाराज बिष्टले पनि कालीकोटमा धर्मदत्तको सालिक हुनु पर्नेमा हिन्दु धर्मका गुरु नरहरीनाथको सालिक राखेको प्रति चित्त दुखाउदै आउनु भएको छ ।
उहाँले धार्मीक मान्छेको धार्मिक स्थलमा सालिक हुनु पर्ने र राजनितिक क्षेत्रका ब्यक्तिको राजनिति रुपमा प्रयोग हुने ठाउँमा सालिक हुनु पर्ने सुरु देखि भन्दै आउनु भएको छ । उपाध्याय ३०३० साल, २०३८ साल र २०४२ साल गरी तिन पटक सम्म माननियमा निर्वाचित हुनु भएको थियो ।
क्याप्सनः प्रेमराज सिम्खडा कालीकोट जिल्ला नामकरण गराउने र जुम्लावाट अल गरी ल्याउने तत्कालीन सांसद धर्मदत्त उपाध्यायका तस्वीरः प्रेमराज सिम्खडा ।

तपाईको प्रतिक्रिया