नेपालकै उत्कृष्ठमा पर्यो विद्युत वितरण केन्द्र कालिकोट

जीवन राज देवकोटा कालिकोट । जिल्लामा रहेको नेपाल विद्युत वितरण केन्द्र कालिकोट देशकै उत्कृष्ट कार्यालयका रूपमा पर्न सफल भएकाे छ । नेपाल विद्युत प्राधिकरणकाे ३६ औ वार्षिक उत्सवका अवसरमा मंगलबार काठमाडौमा आयाेजना गरिएको कार्यक्रममा देशभरिबाट याे वर्षकै उत्कृष्ट राम्रो काम गर्ने ९ वटा कार्यालय मध्य कालिकोट विद्युत वितरण केन्द्र नमुनाको रुपमा पर्न सफल भएकाे हाे ।

कालिकोट वितरण केन्द्रले दैलेख सम्म पुगेकाे राष्ट्रिय प्रसारण लाईन कालिकोट हुदै जुम्ला जिल्ला सम्म विद्युत बालेर छाेटाे समयमै कडा मेहनत गरि कालिकोट र जुम्ला झिलिमिलि गर्न सफल भएकाले पनि नेपाल विद्युत प्राधिकरणले कालिकोटलाई उत्कृष्टकाे सुचिमा पारेकाे वुझिएकाे छ ।

उक्त उत्कृष्ठ कार्यालय संगै उत्कृष्ठ कर्मचारीमा कालिकोट वितरण केन्द्रका जय प्रसाद पाण्डे परेका छन । नेपाल भरी उत्कृष्ठ १५ जना कर्मचारी भएकाे नेपाल विद्युत वितरण केन्द्र कालिकोटबाट जय प्रसाद पाण्डे पुरस्कृत भएको कार्यालय प्रमुख मेखराज जोसीले बताएका छन ।

याे सम्मानले अझै आउदाे दिनहरुमा जाेस जागरणले थप राम्राे कार्य गर्ने हाैसला प्रदान हुने विश्वार व्यक्त गरे ।

दुर्गम जिल्लामा रहेर हरेक चुनाैतीका बाफजुत नेपालकै राम्राे काम गरेर उत्कृष्टमा नेपाल विद्युत वितरण केन्द्र कालिकोट परेपछि कर्मचारी देखि जिल्लाबासिहरु खुसि महशुस गरेको पाइएकाे छ ।

तपाईको प्रतिक्रिया