प्रदेश अस्पतालमा अछामका बिरामी लाई कालिकोटका युवाले दिए रगत

सुर्खेत /नेकपा माओवादी केन्द्र निकट अखि क्रान्तिकारी कालिकोट जिल्ला सचिवालय सदस्य खगेन्द्र मल्ल र समाजसेवी सरिता विष्टको रगतले अछाम जिल्ला विनायक नगरपालिका वडा-९की शान्ति दास लाई रगत दिएर ज्यान बचेको छ ।
प्रदेश अस्पताल सुर्खेतमा उपचारत शान्ति दासको पाठेघर मा समस्या आए पछि रगतको अभाव भएको खबर पाए लगत्तै दिपज्योति प्रतिष्ठान कालिकोटका महासचिव राजकुमार परियारले B+ रगत आवश्यक परेको खबर सामाजिक संजालमा राख्दा बित्तिकै कालिकोट जिल्ला खाँडाचक्र नगरपालिका वडा-८ का खगेन्द्र मल्ल र नरहरिनाथ गाउँपालिका वडा-१ कि सरिता बिष्टले रगत दिएका छन।

दियो खवरले सोधेको प्रश्नमा विद्यार्थी नेता मल्लले भने शरिरमा भएको रगत अनावश्यक खेर जानु भन्दा अरुलाई रक्तदान गर्दा धेरैको ज्यान वच्ने भएकाले सबैले रक्तदान गर्नु पर्ने समेत बताए ।

तपाईको प्रतिक्रिया