कृषि मन्त्री शाही द्वारा सुनगाभा दुग्ध चिस्यान केन्द्र काे उद्घाटन

सुर्खेत / कर्णाली प्रदेश सरकारका भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले सुनगाभा दुग्ध चिस्यान केन्द्र काे उद्घाटन गर्नु भएको छ ।दैलेख जिल्लाकाे गुराँस गाउ पालिका ६ पिलाडी बगाैरामा रहेको सुनगाभा साना किसान कृषि सहकारी संस्था लिमिटेडकाे आयोजना मा उक्त सुनगाभा दुग्ध चिस्यान केन्द्रकाे उद्घाटन गर्नु भएको हाे ।
यस क्षेत्रमा उत्पादन हुने दुधलाई व्यवस्थापन गरि गुणस्तर मापन गर्दै बजारीकरण गर्ने उदेश्यले साे चिस्यान केन्द्र संचालन गर्न लागेको हाे ।
पशु पालन तथा पशु सेवा कार्यलय दैलेख काे २० लाख गुराँस गाउँ पालीका काे ५ लाख र सुनगाभा साना किसान सहकारी संस्था लिमिटेड काे ६ लाख ५० हजार गरि जम्मा ३१ लाख ५० पचास हजारकाे आर्थिक सहयोग मा साे चिस्यान केन्द्र संचालन गर्न लागिएको हाे ।
साे उद्घाटन कार्यक्रम मा बाेल्दै
गुराँस गाउ पालिका अध्यक्ष खेमराज वलीले सहकारी काे माध्यम बाट समाजकाे विकास हुने भएकाले सहकारीकाे क्षेत्रमा सबैले हातेमालो गर्दै जानू पर्ने बताउनु भयो यस्तै कार्यक्रमका प्रमुख अतिथि
भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीले किसान भन्ने बित्तिकै किसान लाई अन्नदाता रूपमा लिन सकिन्छ किसान लाई अपहेलना गरिनु हुदैन नेपाल कृषि प्रधान देश हाे कृषि करान्ती गर्नु पर्छ
हामीले राजनीति करान्ती गर्नु भन्दा आर्थिक क्रान्ती गरेर आर्थिक क्रन्तीकाे माध्यम बाट अगाडि बढ्न सकिने बताउदै यस्तो सम्भावना कृषि बाट सम्भावना रहेको छ यसमा तपाई हामी सबैले व्यवसायी खेतीमा जाेड दिउ ।
हामिले पनि मन्त्रालयकाे तर्फबाट पनि किसानलाई समान गर्ने खालका कार्यक्रम राखेको बताउदै ५० वटा भेडा बाख्रा ५ वटा गाई भैंसी पाल्ने किसान लाई गाेठालाे भत्ता मासिक एक हजार व्यवस्था गरेकाे र बिस्तारै हरेक वर्ष वृद्धि हुदै बताउदै सहकारी काे माध्यम बाट ऋण उपलब्ध गराउने र ७ प्रतिशत व्याजकाे रकम सरकारले तिर्ने बताउनु भयाे।
उक्त कार्यक्रम मा राजनीति दलका नेता कार्यकर्ता विभिन्न कार्यलयका प्रमुख प्रतिनिधि सुरक्षाकर्मि किसान पत्रकार लगाएको सहभागी रहेको कृषि मन्त्रीका प्रेस सल्लाहकार नन्दकृष्ण अधिकारीले जानकारी दिए।

तपाईको प्रतिक्रिया