सुर्खेतमा भदौ ७ गतेसम्म निषेधाज्ञा

सुर्खेत । जिल्लामा भदौ ७ गते सम्मका लागि निषेधाज्ञा थपिएको छ। जिल्ला प्रशासन कार्यालय सुर्खेतले आजदेखि भदौ ७ गते राती १२ बजेसम्म लागु हुने गरी निषेधाज्ञा थप गरिएको निषेधाज्ञा जारी आदेशमा जनाएको छ।

कोरोना भाइरस (कोभिड–१९)को जोखिम कायमै रहेकाले निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जनाकारी दिए । उनका अनुसार औषधी तथा औषधीजन्य पसल र पेट्रोल पम्प दैनिक २४ सै घण्टा खुल्ला हुनेछन् भने खाद्यान्न लगायत अन्य पसलहरू बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म खोल्नु पर्ने बताए ।

तपाईको प्रतिक्रिया