वृद्धवृद्वाले वडा कार्यालयमा लगाए ताला


कालिकोट । जिल्लाको रास्कोट नगरपालिका वडा-६ मा आज ताला लगाएका छन् ।वडा-६ का वृद्ध वृद्वाले पाउने सामाजिक सुरक्षा भत्ता अहिलेसम्म नपाएको भन्दै वडा कार्यालयमा ताला लगाएको स्थानीय महेश फर्साल ले बताए ।उनका अनुसार राष्कोट नगरपालिकामा ताला नै ताला लागउने नगरपालिका भनेर चिनिन थालेको छ।वडा अध्यक्ष टक्क फर्साल र वडा सचिव भानु बराल लाई सम्पर्क गर्न खोज्दा फोन सम्पर्क हुनसकेको छैन् ।

तपाईको प्रतिक्रिया