रास्कोटमा लगाइएकाे ताला सात दिनपछी खुल्याे

कालिकोट । जिल्लाको रास्कोट नगरपालिकामा लगाइएकाे ताला सात दिनपछी खुलेको पाइएको छ ।

वडा नम्बर ५ का जनताले आफ्नाे काम गरे अनुसारको ज्याला नपाएको भन्दै एक हप्ता पहिला देखि नगरपालिकामा ताला लगाएका थिए ।

पिडित कामदार र नगरपालिका बिच सहमति भएपछी नगरपालिकाकाे कार्यालयमा लगाइएकाे ताला साेमबार खुलेकाे पाइएकाे छ ।

कार्यालयमा लगाइएकाे ताला खाेलेपछि नगरपालिकाबाट प्रवाह हुने सम्पुर्ण काम सुचारु भएकाे नगरपालिकाले दियो खबरलाइ जानकारी दिएकाे छ ।

तपाईको प्रतिक्रिया