शिव मन्दिरमा भक्तजनको भीड

कालिकोट /साउन महिनाको अन्तिम दिन शिव मन्दिरमा भक्तजनको भीड हिन्दु परम्परा अनुसार आजको दिनलाई महत्वपूर्ण दिनका रुपमा लिने गरिन्छ । आज महिलाहरुले पूजा आराधना गरी साउनको सोमबारे व्रत समापन गर्ने गर्छन् ।

साउनको पहिलो सोमबार देखि सुरु भएको व्रत शिव मन्दिरमा पुगेर पूजा आराधना गरी महिलाहरुले समापन गर्ने गरेको अनिता भारतीले बताइन्।

त्यसैले आज शिव मन्दिरमा भीड लागे गरेको शिव मन्दिरका पुजारी जयचन्द अधिकारीले बताए ।

अन्तिम सोमबार विश्व महामारी रुपमा फैलिएको कोरोना भाइरस कोभिड-१९ कै बीचमा पनि कालिकोट र देशैभरका मन्दिरहरुमा भक्तजनहरुको भीड लागेको छ ।कालिकोटको शिव मन्दिरमा पनि आज बिहानैदेखि भक्तजनको भीड लागेको छ ।

धर्मशास्त्रमा साउन महिना लाई वर्षकै सबैभन्दा चोखो,पवित्र महिनाका रुपमा समेत लिने गरिएकाले पूजाआजा गर्दा पूण्य मिल्ने विश्वास गरिन्छ ।

तपाईको प्रतिक्रिया