कर्णालीमा युवा संघको भेला,एमाले नेता ज्वालाले गर्न सम्बोधन्

सुर्खेत/ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको कर्णाली प्रदेश स्तरीय भेलाको तयारी पुरा भएको छ।

कार्यक्रम प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेत स्थित सिद्दार्थ सहकारीको हलमा बिहान ११ बजे देखि शुरु हुने बताईएको छ।

कार्यक्रमलाई नेकपा एमाले कर्णाली प्रदेशका इन्चार्ज एवम् कर्णाली प्रदेशका पुर्व अर्थ मन्त्री प्रकाश ज्वालाले सम्बोधन गर्नु हुने छ।

यस्तै कर्णाली प्रदेशका बहालवाला पर्यटन मन्त्री नन्दसिं बुढा, कृषि मन्त्री कुर्मराज शाहि,भौतिक मन्त्री अम्मरबहादुर थापाले समेत सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

कार्यक्रममा अतिथिको रुपमा नेकपा एमाले कर्णाली प्रदेशका पदाधिकारी तथा सदस्यहरु,जिल्ला तहका पदाधिकारी तथा सदस्यहरु,युवा संघ नेपालका केन्द्रिय पदाधिकारी तथा सदस्यहरु लगाएको उपस्थिति हुने संघका प्रदेश अध्यक्ष अनिल बोगटीले जानकारी दिनु भयो।

भेलामा कर्णाली प्रदेशका १० वटै जिल्लाबाट प्रतिनिधिहरुको सहभागी हुने छन।

संघले बिहान ८ बजे प्रदेश अस्पताल सुर्खेतमा कोरोना सक्रमित बिरामीहरुलाई फलफूल वितरण गर्ने कार्यक्रम समेत रहेको युवा संघका केन्द्रिय सचिवालाय सदस्य कमल कृष्ण पौड्यालले जानकारी दिनु भयो।

कार्यक्रम भव्य वनाउन मन्त्री तथा पार्टीका नेताहरुसग युवा संघका नेतालेहरुले भेटघाट गरिरहेका छन्।

कार्यक्रममा युवा संघका केन्द्रीय उपाध्यक्ष नितेश पौडेल,प्रदेश ईन्चार्ज खड्क शाही,सह-ईन्चार्ज आदि न्यौपाने,मञ्जु राना, अध्यक्ष अनिल वोगटि सचिवहरु केशन शाही, कमल शाही, उपेन्द्र शाही,जंग राना,खडक आचार्य,जित वहादुर हमाल,पुर्व उपाध्यक्ष हस्त वहादुर शाही,केन्द्रीय सदस्यहरु लगाएत सम्पूर्ण जिल्लाका पदाधिकारीको उपस्थित रहेने सचिव केशन शाहीले जानकारी दिए।

तपाईको प्रतिक्रिया