सुकुम्बासीका नाममा हुकुमबासिहरुको लुट किमार्थ स्वीकार छैन -महतरा

कालिकोट /नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्टिय स्वतन्त्र बिद्यार्थी युनियन अनेरास्ववियुका नेता भरत महतराले भुमि सम्बन्धि समस्या समाधान आयोगका सम्बन्धमा आफ्नो धारणा सामाजिक संजाल मार्फत सार्वजनिक गर्नुभएको छ ।भूमिसम्बन्धी समस्या समाधान आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमिनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गरेको आरोप लगाएको छ ।‘पात्र र प्रवृत्ति गलत भए सच्याउन सकिन्छ तर आयोग नै विघटन गर्ने कुरा गलत हो यसले तमाम भुमिहिन सुकुम्बासीहरुको समस्या समाधान गर्न अहिलेको सत्ता गम्भीर छैन भन्ने कुरा प्रष्ट हुन्छ ।’युगान्तकारी राजनीतिक परिवर्तनको लाभ आर्थिक र सामाजिक रुपले विपन्न वर्गले पाउनसकेमा मात्रै परिवर्तनप्रति उनीहरूको अपनत्व विकास हुन सक्छ र त्यसले मात्रै परिवर्तनले सार्थकता पाउन सक्छ’ तेसकारण सरकारको यस निर्णयले विपन्न वर्गका अपेक्षामाथि ठूलो आँच पुर्‍याएको छ । वर्तमान सरकार जनताप्रति उत्तरदायी छैन र यसले जनताको हित गर्दैन भन्ने कुरालाई यस निर्णयले पुष्टि गरेको दियो खबर संग बताए। पात्रहरु आफ्नो गोजि गुटका भरेर नियुक्ति गरेर करोडौं लुट्ने काम पनि गलत नै थियो भनेका छन् । उनले भने-‘वास्तविक सुकुम्बासीको पहिचान गरी तुरुन्तै आयोग गठन गरेर जमिन दिनुपर्छ ।’राजनीतिक प्रतिशोध र पूर्वाग्रहका आधारमा आयोग विघटन गर्ने सरकारको निर्णयले मुलुकका लाखौं भूमिहीन तथा सुकुम्बासीहरु, दलित तथा अव्यवस्थित बसोबासीहरुको जमीनको अधिकारसम्बन्धी मौलिक हकमाथि कुठाराघात गर्नु बान्छनिय छैन ।नेता महताराले गास,बास, कपास हाम्रा मौलिक अधिकार भएको बताएका छन् । उनले सुकुम्बासीका नाममा हुकुमबासीहरुको लुट किमार्थ स्वीकार नभएको सामाजिक सञ्जाल मार्फत बताएका छन्।

तपाईको प्रतिक्रिया